अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 00:46

आठ पत्रकारलाई ‘बालसंवेदनशील पत्रकारिता पुरस्कार’

बिआरटीनेपाल २०७५ जेठ २८ गते ११:१४ मा प्रकाशित

नेपाल पत्रकार महासंघले केन्द्रीय बालकल्याण समितिको सहकार्यमा प्रदान गर्दै आएको ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट आठ जना पत्रकारहरु पुरस्कृत हरनरहरने भएको छ।

आज बसेको पुरस्कार छनोट समितिको बैठकले सो निर्णय गरिएको महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।

महासंघका अनुसार रेडियोतर्फ रमेश दुलाल (रेडियो कान्तिपुर–उपत्यका) र मनकुमारी पुलामी (रेडियो सिद्धबाबा सिन्धुली), छापा माध्यमतर्फ सुशील दर्नाल (रासस) र निमेन्द्र शाही (राजधानी दैनिक) पुरस्कृत गरिने भएको छ ।

त्यस्तै टेलिभिजनतर्फ रेणुका आचार्य (नेपाल वातावरण पत्रकार समूह) र अमृता अनमोल (कान्तिपुर) र कार्यक्रम प्रस्तोतातर्फ दुर्गा कार्की (नेपाल वातावरण पत्रकार समूह) र गीता चिमोरिया (सिआइएन) लाई प्रदान गरिनेछ । पुरस्कारको राशि जनही रु २५ हजार रहेको छ । पुरस्कृत व्यक्तित्वलाई यही जेठ ३१ गते पुरस्कार प्रदान गरिने महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू