अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

काठमाडौँका तीन सुन पसलमा छापा

बिआरटीनेपाल २०७५ जेठ २८ गते ११:०५ मा प्रकाशित

सनम शाक्य हत्याकाण्ड र साढे ३३ किलो सुन तस्करी सम्बन्धमा गृह मन्त्रालयअन्तर्गत गठन भएको छानबिन समितिले आज काठमाडौँका तीन सुन पसलमा छापा मारेको छ ।  न्यूरोड स्थित राजेन्द्रकुमार शाक्यको आरके ज्वेलर्सका दुई पसल र दरबार मार्ग स्थित आर के डायमन्डमा छापा मारिएको हो ।

सो क्रममा तीनवटै पसलमा रहेको हिरा, सुन, चाँदीलगायत सबै गरगहना छानबिन समितिले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा सो छानबिन समिति गठन भएको थियो । उक्त पसलका मालिक शाक्य पक्राउ परी थुनामा रहेका छन् । सोही क्रममा अनुसन्धानमा थप प्रमाण जुटाउन भन्दै समितिले आज छापामारी गरगहना नियन्त्रणमा लिएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू