अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

अमेरिकी राष्ट्रपति, किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किनुहुने

बिआरटीनेपाल २०७५ जेठ २८ गते १०:५३ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किनुहुने भएको छ । 

अपेक्षा गरिएभन्दा चाडो उहाँ वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले सोमबार जनाएको छ । ट्रम्प र किमबीच मङ्गलबार सिंगापुरमा शिखर वार्ता हुन लागेकोमा वार्ता सकिने वित्तिकै ट्रम्प सोही बेलुका आठ बजे सिंगापुरबाट अमेरिका प्रस्थान गर्नुहुने छ । उहाँहरूबीच बिहान नौ बजे भेटवार्ता हुने कार्यक्रम तय भएको छ ।

सामूहिक भेटवार्तापछि उहाँहरुका बीचमा एक्ला एक्लै भेटवार्ता हुने छ । एक्ला एक्लै भेटवार्तामा उहाँहरू बाहेक भाषा अनुवादक मात्रै सहभागी हुनेछन् । त्यसपछि विभिन्न दुई पक्षीय भेटवार्ता र खाना खाने लगायतका कार्यक्रमहरु तय भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू