अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४५ | Colorodo: 13:00

फ्रेन्च ओपनको पुरुष तर्फको उपाधी स्पेनका राफाललाई

बिआरटीनेपाल २०७५ जेठ २८ गते १०:४३ मा प्रकाशित

फ्रेन्च ओपनको पुरुष तर्फको उपाधि स्पेनका राफाल नाडालले जितेका छन् । पेरिसको रोनाल्ड ग्यारोस टेनिसकोर्टमा भएको उपाधि भिडन्तमा नाडालले अष्ट्रियाका डोमिनिक थिमलाइ ६-४, ६-३ र ६-२ को सोझो ३ सेटमा पराजित गरी उपाधि जितेका हुन ।

शीर्ष वरियताका नाडालको यो ११ औँ फ्रेन्च ओपनको उपाधि हो । पछिल्लो फ्रेन्च ओपन उपाधिसँगै नाडालको ग्राण्ड स्लाम उपाधिको सङ्ख्या १७ पुगेको छ  जुन सङ्ख्या रोजर फेडरको विश्व किर्तिमान भन्दा ३ ले कम हो ।

प्रतिक्रिया