अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

काठमाण्डौमा अन्तराष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्मेलन आयोजना हुने

बिआरटीनेपाल २०७५ जेठ २८ गते १०:३८ मा प्रकाशित

स्मार्ट समाजका लागी दिगो विकास लक्ष्य भन्ने नाराका साथ आगामी असार ३ र ४ गते काठमाण्डौमा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्मेलन २०१८ आयोजना हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घको आयोजनामा हुने सो सम्मेलनमा नेपाल सरकारको समेत सहभागिता रहने छ ।

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ व्दारा आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घका अध्यक्ष हेमन्त चौरसियाँले दुई दिन सम्म चल्ने सो सम्मेलनले पूर्वाधार, डिजिटल इकोनोमी, सुरक्षा र सेवाका क्षेत्रमा सूचना प्रविधिको प्रयोगको स्थिति, उपलब्धि र भावी योजनाका बारेमा छलफल गरी ठोस कार्ययोजना सहितको सुझाव सरकारलाई दिने बताउनु भयो।

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घको उपाध्यक्ष सूनयना पाण्डेले सम्मेलनमा स्मार्ट सोसाइटी र सहस्रावधि विकास लक्ष सँग जोडिएका विषयहरू र स्मार्ट पालिका सम्बन्धी अवधारणामा छलफल हुने बताउनु भयो । पत्रकार सम्मेलनमा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घका महासचिव रञ्जित पोदारले स्मार्ट सिटीको गुरु योजना बनाउने कार्यमा सहरी विकास मन्त्रालयलाई सहजिकरण गर्न सम्मेलनमा छुट्टै छलफल गरिने कार्यक्रम रहेको बताउनु भयो । सम्मेलनमा चीन, भारत,मलेसिया,सिंगापूर,श्रीलंका , बङ्गलादेश, दक्षिण कोरिया र संयुक्त राष्ट्रसंधीय विकास कार्यक्रम यूएनडीपी तथा नेपालका विषयगत विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्नु हुने छ। 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू