अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३० | Colorodo: 17:45

गीतकारको रुमपा उदयमान कलाकार निर्माता – पुष्कर पन्त

सुर्य चन्द, काठमाडौँ २०७५ जेठ २७ गते २२:२७ मा प्रकाशित

विगत पन्ध्र वर्ष देखि अमेरिका बस्दै आएका बहुप्रतिभाका धनी कलाकार निर्माता समाजसेवी तथा गीतकार पुष्कर पन्त विदेशमा बसेर पनि आफ्नो कला सस्कृतिलाइ जोगाउन तल्लीन छन् l भर्सटाइल कलाकार पुष्कर पन्त अभिनय क्षेत्रमा विशेष गरी हाँस्यव्यङ्ग विधाका कलाकार हुन्। उनी विगत २५ वर्ष देखि नेपाली कला क्षेत्रमा संलग्न छन्। तितो सत्य, जिरे खुर्सानी, ट्वाक्क टुक्क, प्रहरी अनुरोध, काउकुती लगायत अन्य धेरै चर्चित नेपाली हास्य श्रृङ्खलाहरुमा अभिनय गरेका पन्तले नेपाली चलचित्र ‘ठूली’ निर्माण गरेका थिए l नेपाली कला संस्कृति भाषालाई सधैँ माया गर्ने पुष्कर पन्त चलचित्र निर्माणको साथै गीतकारको रूपमा अहिले चर्चित बन्दै गएका छन् l एकताका नेपालमा निकै चर्चा कमाएका कलाकार, निर्माता,गीतकार पुष्कर पन्तले आफ्नै शब्द रहेको २ वटा गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेर लाखौँ संगीतप्रेमी नेपालीहरूको मनमा बस्न सफल भएका छन् l

फरक फरक धारमा काम गर्न रुचि राख्ने पन्त अमेरिकामा समेत हरेक सामाजिक कार्य देखि विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् l कलाकारिता आफ्नो प्रत्येक नशामा बग्ने रगतको थोपा थोपामा भएको बताउने पुष्कर मिलनसार, इमान्दार तथा सधैँ आफ्नो काम प्रति निष्ठाबान रहेर जन्मभूमि नेपाल प्रतिको दायित्वलाई बोध गर्दै कर्मभुमि बाट जन्मभूमिको कला संस्कृति जगेर्ना गर्न लागिपरेका छन् l चाडैनै आफ्नो शब्द रचनामा अर्को नयाँ ब्लाष्ट गीत “हे गौरी” नेपाली सागीतिक बजारमा लिएर आउन लागेका गीतकार पुष्करको गीतमा गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको आवाज रहने भएको छ l कलाकार तथा गीतकार पुष्कर पन्त कलाकारिता क्षेत्रमा मात्र नभएर सामाजिक कार्य समेत उत्तिकै सक्रिय रहेर नेपाल र नेपालीको सेवा गर्न तल्लीन छन् l

समय अनुसार परिवर्तन हुँदै गइरहेको नेपाली सामाजिक परिवेशमा उनले समय सामेक्ष आफूलाई समेत परिपक्व बनाउँदै गीत सङ्गीत तथा कलाकारिता क्षेत्रमा परदेशी भूमि बाट जन्मभूमि प्रतिको आफ्नो माया दायित्वलाई बोध गर्दै थप उर्जाशील बनाउन लागिपरेका छन् l लाखौँ प्रवासी नेपालीहरूको लागि मार्गदर्शक बनी उत्प्रेरणा दिन सफल कलाकार पन्त भविष्यमा नेपाली कला, संस्कृति, भाषाको संरक्षण गर्दै नेपाली कलाकारिता, गीत सङ्गीतमा समर्पित हुने बताउछन l

प्रतिक्रिया