अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५४ | Colorodo: 17:09

न्यूयोर्कका युवा लेखक राजन थपलियाको पुस्तक १००% लाईफ विश्वको सर्वोच्च शिखर सगरमाथामा बिमोचन

विजय थापा २०७५ जेठ २७ गते १०:५१ मा प्रकाशित

विश्व कै सम्राट् राज्य अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका युवा लेखक राजन थपलियाको पुस्तक “१००% ” लाईफ अर्थात् सत प्रतिशत जीवन विश्वको सर्वोच्च शिखर सगरमाथामा बिमोचन भएको छ । उनको यो दोस्रो संस्करण हो भने उनले यसमा ५ अध्याय थपेका छन् ।

गत मे १८ शुक्रवार बिहान ८ बजे ख्याति प्राप्त अन्तर्राष्ट्रिय हिमाल मार्गदर्शी आङ दावा शेर्पा ले ६ पटक विश्वको सर्वोच्च शिखर सगरमाथामा सफलता पूर्वक पाइला टेके साथै थपलिया को चर्चित कृति सत प्रतिशत जीवनलाई सगरमाथामा बिमोचन गरियो।

१०० % लाईफ पुस्तक सगरमाथामा बिमोचन गरिएको नेपाली आप्रबासीको यो पहिलो पुस्तक हो ।

१०० % लाईफ नर्थ क्यारोलिना अमेरिकाको लुलु छापाखानाबाट २०१७ मा प्रकाशित कृति हो। उक्त कृतिमा मान्छे को जीवनको हरेक पाटोलाई विश्लेषण गरिएको छ। उक्त पुस्तकमा जीवनलाई कसरी रूपान्तरण गर्ने ,आफूलाई कसरी मानसिक रूपमा बलियो बनाउने भन्ने कुरालाई पुस्तकमा विशेष जोड दिइएको छ।

सत प्रतिशत जिजीवन किताब को शीर्षक ले भने जस्तै मानिसलाई जीवन सत प्रतिशत बनाउन पर्ने तत्वहरु र कसरी बनाउने भन्ने कुरा मा नै यो पुस्तक किताब केन्द्रित रहेको छ।

उक्त किताब २ सय ५६ पन्ना को रहेको छ । पुस्तकको विषयमा लेखक राजन थपलिया भन्नु हुन्छ, यो साहसीहरू ले पढ्ने पुस्तक हो। परिवर्तनमा विश्वास गर्ने हरूले पढ्ने किताब हो। हिजो जे भयो भयो अब आजबाट बदलिन चाहनेहरु लेपढ्ने किताब हो । सपना भने को ठुलो देख्नु पर्छ ,यदि जीवनमा ठुलो काम गर्नु छ भने। सबै सपनाहरू पुरा हुँदैनन्, यदि ईक्षा शक्ति कम्जोर छ भने।

ठुला ठुला पहाडहरूलाई पनि छिचोलेर खोला बगी नै रहन्छ ,त्यो पानीको शक्ति ले होइन त्यो अविरल बगी रहने पानी पानी को निरन्तरताले हो। त्यही निरन्तरता को एक सार हो १००% लाईफ पुस्तक ।

उक्त किताब को दोस्रो संस्करण मे ९ तारिख देखि बजार मा उपलब्ध छ। उक्त पुस्तक अमेजन्, इबे तथा बार्न्स एन्ड नोबेल मा उपलब्ध रहेको छ।

लामो समयदेखि अमेरिकामा रहँदै आएका थपलिया खुट्टा/पैताला चिकित्साका विद्यार्थी हुन्। पूर्ण कालीन लेखनमा व्यस्त थपलिया आफूलाई लेखक भन्दा पनि राम्रो पाठक भन्न रुचाउँछन्।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका स्थायी बासिन्दा थपलियाको हालसम्म जीवन विज्ञानमा आधारित दर्जन पुस्तक प्रकाशन भइसकेका छन् ।

राजनका अन्य पुस्तकहरू थिङक एबाउट इट, सिम्पल रुल्स, टर्निङ प्वाईन्ट, चेन्ज योर्स फ्युचर्स ,इन आवर कन्ट्री ,द ओल्ड म्यान एण्ड डग ,द सेक्रेट मिलेनियर, लाईफ ईज नट ईजी, रिजोईस, रिजोईस टु, स्वीट स्पिचेस ,हन्ड्रेड पर्सेन्ट लाईफ र फिफ्टी फ़ाइव ईयर्स हुन् ।

झन्डै १५ वर्ष किशोरावस्था देखि नै लेखन कार्यमा लागेका थपलियाका अप्रकाशित केही पुस्तकहरू पनि तयारी अवस्थामा छन् । थपलियाको लेखन सेल्फ हेल्प( आत्मा) मोटिभेशन (उत्प्रेरणा ) र नोभल (उपन्यास )मा केन्द्रित रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू