अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४१ | Colorodo: 08:56

विश्वकप फुटवल २०१८ को गितको अफिसियल भिडियो सार्वजिनिक

बिआरटीनेपाल २०७५ जेठ २७ गते १०:२८ मा प्रकाशित

रसिया, विश्वकप फुटवल २०१८ को गितको अफिसियल भिडियो सार्वजिनिक गरिएको छ । उक्त गितलाई खेलको आधिकारीक गितको भिडियो बनाएर सार्वजनिक गरिएको हो ।

दुई साता अगाडी भने गितको अडियो सार्वजनिक गरिएको थियो । अगामी जुन १४ मा हुने उद्घाटन खेलमा उक्त गित समेत देखाइने छ । भने गित गाएका गायकहरुले लाइभ समेत गाउने छन् । गितको टाइटल भने ‘लाइभ इट अप’ रहेको छ ।

गीतका गायक तथा रचनाकार निकी जाम हुन् । गितमा विल स्मिथ र इरा इस्टनेरफीको पनि स्वर रहेको छ । गीतलाई डिल्लोले निर्माण गरेका हुन् ।

गितको भिडियोमा ब्राजिलका लिजेन्ट खेलाडी रोनाल्डिहो लाई राखिएको छ । भिडियोमा विश्वका हालका स्टार खेलाडीहरु अर्जेन्टिनाका मेस्सी, ब्राजिलका नेयमार, पोर्चुगलका रोनाल्डो समेतलाई देखाइएको छ ।

प्रतिक्रिया