अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४७ | Colorodo: 12:02

नेयमारले गरे रोमारियोसँग बराबरी

बिआरटीनेपाल २०७५ जेठ २७ गते १०:२४ मा प्रकाशित

ब्राजिलियन स्टार नेयमार जुनियरले ब्राजिलका लिजेन्ड रोमारियोसँग बराबरी गरेका छन् । नेयमारले अन्तराष्ट्रिय खेलमा रोमारियोले गरेको ५५ गोलसँग बराबरी गरेका हुन् । आइतबार अष्ट्रियासँग भएको खेलमा गोल गर्दै रोमारियोको गोल संख्या भेट्टाएका हुन् ।

२६ बर्षिय नेयमारले ब्राजिलबाट ८५ क्याप खेल्दै ५५ गोल गरेका छन् । रोमारियोले भने ७० क्याप खेल्दै ५५ गोल गरेका थिए । अब नेयमार भन्दा अघि रोनाल्डो र पेल मात्रै छन् । रोनाल्डोले ९८ क्यापमा ६२ गोल गर्दै ब्राजिलका सर्बाधिक गोल कर्ताको सूचीको दोस्रो स्थानमा छन् । पहिलो स्थानमा रहेका पेलेले ९२ क्यापमा ७७ गोल गरेका छन् ।

ब्राजिल रसियामा छैटौं पटक विश्वकप जित्ने अभियानमा छ । विश्वकप अघिका दुई मैत्रीपूर्ण खेलमा ब्राजिलले जित निकालेको छ । अष्ट्रिया विरुद्ध ३–० को जित निकालेको ब्राजिलले गत साता क्रोसिया विरुद्ध २–० को जित निकालेको थियो ।

दुवै खेलमा नेयमारले गोल गरेका छन् । समुह इ मा रहेको ब्राजिलले १७ जुनमा स्विट्जरल्याण्डसँग खेल्दै विश्वकप सुरु गर्नेछ । ब्राजिलले समुह चरणमा सर्विया र कोस्टारिकासँग समेत खेल्नेछ ।

प्रतिक्रिया