अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४५ | Colorodo: 04:00

विश्वकप अघि ब्राजिल र अष्ट्रिया भिड्दै, नेयमारले पहिलो रोजाईमै मैदान उत्रने

बिआरटीनेपाल २०७५ जेठ २७ गते १०:२१ मा प्रकाशित

विश्वकप अघि मैत्रीपूर्ण खेलमा आज साँझ ब्राजिल र अष्ट्रिया भिड्दैछन् । खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । अष्ट्रियाको मैदानमा हुने खेलमा ब्राजिल खेल जित्दै विश्वकप उपाधिमा आफ्नो बलियो दावेदारी प्रस्तुत गर्ने दाउमा हुनेछ । अष्ट्रिया भने गत साता विश्व विजेता जर्मनीमाथि निकालेको २–१ जितको निरन्तरता दिने अभियानमा हुनेछ ।

ब्राजिलले गत साता क्रोसिया विरुद्ध भएको खेलमा २–१ को नतिजा निकालेको थियो । सोही खेलमा मैदान फर्किएका स्टार नेयमार अष्ट्रिया विरुद्ध पहिलो रोजाइमै मैदान उत्रने भएका छन् । उनले क्रोसिया विरुद्ध उत्कृष्ट गोल समेत गरेका थिए । प्रशिक्षक टिटेले अष्ट्रिया विरुद्धको सुरुवाती लाइनअप समेत सार्वजनिक गरिसकेका छन् ।

यस्तो छ लाइनअप

गोलकिपरः एलिसन

डिफेन्डरः डालिनो, मिरन्डा, थियागो सिल्भा, मार्सेलो

मिडफिल्डरः कासिमिरो, पाउलिन्हो, काउटिन्हो

फर्वाडः नेयमार, विलियन, ग्राबियल जेसुस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू