अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४६ | Colorodo: 19:01

धरानमा ‘चाईल्ड आइकन’को प्रशिक्षण सुरु

सुवास सङ्कल्प, ईटहरी २०७५ जेठ २७ गते १०:४८ मा प्रकाशित

विजेतालाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुने मौका
बच्चा भित्र भएको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने जमर्को सहित धरानमा ‘चाईल्ड आइकन’ भइरहेको छ । यस आइकनको लागि धरानमा २५ बढी स्कुलबाट झन्डै ३०० को हाराहारीमा अडिसन दिन स्कुले केटाकेटी उपस्थित भएका थिए । अडिसनबाट आइकन हुने सम्भावना बोकेका ६५ जना केटाकेटी फाईनल प्रतिस्पर्धाको लागि छनौट भएका छन् ।

फाईनलका लागि छनौट भएका ६५ प्रतिस्पर्धीको यसै शुक्रवार फोटोसुट पनि सम्पन्न भएको छ । जिम्मेवार र असल नागरिक बन्नको लागि एक व्यक्ति भित्र हुनुपर्ने गुणका साथै उनीहरू भित्र भएका प्रतिभालाई अझै निखार ल्याउन अहिले विभिन्न किसिमका प्रशिक्षण भइरहेको छ । चाईल्ड आइकनको यही आउँदो असार ९ गते धरानमै ग्राण्ड फिनाले हुँदैछ । जसको लागि अहिले छानिएका ६५ जनालाई २०१७ कि मिस पुर्वान्चल रुबि लिम्बू र मिस टुरिज्म नेपालका सेकेन्ड रनरअप सोयाश्री ब्रजाचार्यले र्याम्प, व्यक्तित्व विकास, कोरियोग्राफी, सामाजिक सचेतना, बालमनोविज्ञान सबल बनाउने लगायतका विषयमा प्रशिक्षण दिइरहेका छन् ।

प्रतियोगितामा प्रतियोगीहरुलाई जुनियर प्रतियोगी र सिनियर प्रतियोगी गरी दुई छुट्टै समूह बनाई प्रशिक्षण दिइरहेको छ । यस्तै सहभागी सम्पूर्णले आफ्नो सामाजिक उत्तरदायित्व बहनका लागि धरानका असहाय बालबालिका तथा पुनर्स्थापना गृह धरानमा सहयोग पनि गर्ने भएका छन् । सहभागीहरूले आफै आफ्नो साथीभाइ तथा आफन्तहरू सँग सहयोग सङ्कलन गर्दै यस्तो कार्य गर्नेछन् जसबाट एकजनालाई ‘बेस्ट सोसल सर्भिस अवार्ड’ समेत दिइने छ । यता प्रतिस्पर्धीको अभिभावकको प्रतिभालाई समेत ध्यानमा राख्दै २ दिने र्याम्पको प्रशिक्षण दिइदैछ ।

प्रशिक्षण पश्चात् सहभागी सम्पूर्णको मम्मीहरू पनि ग्राण्ड फिनालेमा एकसाथ स्टेज र्याम्प गर्दै उत्रिने छन् । उत्कृष्ट र्याम्पलाई जर्ज गर्दै ‘बेस्ट प्यारेन्ट्स अवार्ड’ समेत दिइने छ । मिडियाल्यान्ड काठमाडौले आयोजना गरेको यो आइकनमा ६५ प्रतिस्पर्धी मध्ये विजेताले विभिन्न पुरस्कार साथै अन्तर्राष्ट्रिय स्तरको चाईन्ड आइकनमा सहभागी हुने मौका पाउने छ ।

प्रतिक्रिया