अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४४ | Colorodo: 19:59

ईटहरीमा छविराज र प्रदिपको नयाँ सिनेमा घर सञ्चालन

बिआरटीनेपाल २०७५ जेठ २७ गते ९:५० मा प्रकाशित

ईटहरी, सुनसरीको मुख्य सहरको रूपमा रहेको ईटहरिमा पछिल्लो समय सिने गतिविधि निकै हुने गरेको छ । बढ्दो सहरीकरण सँगै देशमा भित्रिएको नयापन र शैलीबाट ईटहरि पनि टाढिन सकेको छैन । यस्तैमा सिने प्रेमीहरूको लागि ईटहरिमा एउटा मात्रै हाल भइरहेको अवस्थामा भने अब अर्को सिनेमा घर पनि सञ्चालनमा आएको छ । 

संचालामना आएको ‘एलाईट सिनेमा’ नामको नयाँ हल एक फिल्म हलको रूपमा मात्र नभएर सिनेमा घरको रूपमै स्थापित भएको छ । आफ्नो आफ्नो हल सञ्चालन गरेर बसेका प्रदिप र छविराजको टिममा सञ्चालन भएको हल भने यो नै पहिलो भएको कुराकानीमा बताए ।

आफ्नै जग्गा लिएर नितान्त सिनेप्रेमिहरुको लागि मात्र भनेर सुरु गरिएको यो अत्याधुनिक सिनेमा घरमा २ ओटा सिनेमा हल छ । पहिलो हलमा २०८ जनाको सिट क्षमता छ भने दोस्रो हलमा १४४ जनाको सिट क्षमता रहेको छ । उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो क्वालिटि सहित ठुलो पर्दामा फिल्म हेर्न पाइने सो हलहरूमा फोल्डिंग सिस्टम भएको आरामदायी सिट राखिएको छ ।

यस्तै दर्शकको सिनेमा हेर्ने लगावलाई ध्यानमा राखेर अन्य सिनेमा हलहरूमा भन्दा सस्तो टिकट दर पनि राखिएको निर्माता तथा हल सञ्चालक मध्येका एक छविराज ओझाले बताए । बार अनुसारको टिकट दरको सिस्टमलाई हटाएर नेपाली फिल्मको लागि २०० र अन्य फिल्मको लागि ३०० मात्र टिकट दर राखिएको छ । 

प्रतिक्रिया