अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३९ | Colorodo: 06:54

विश्व बैंकले संघीयता कार्यान्वयनमा सघाउने

बिआरटीनेपाल २०७५ जेठ २७ गते ९:१९ मा प्रकाशित

विश्व बैङ्कले सङ्घीयता कार्यान्वयन तथा नेपाल सरकारका विकासका प्राथमिकतामा निरन्तर सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । प्रधानमन्त्री ओलीसँग आइतबार भएको शिष्टाचार भेटमा विश्व बैङ्कले यस्तो प्रतिबद्धता जनाएको हो ।

नेपालका लागि विश्व बैङ्कका देशीय निर्देशक चिम्याओ फ्यान तथा निकट भविष्यमा नेपालस्थित उक्त बैङ्कको जिम्मेवारी सम्हाल्ने क्रममा राजधानीमा रहनुभएका नवनियुक्त देशीय निर्देशक फारिस हादाद जेर्भोसले प्रधानमन्त्री ओलीसँग आइतबार उनकै कार्यकक्षमा भेट गरेका थिए ।

सङ्घीयतालाई संस्थागत गर्ने तथा विकासका कार्यक्रम कार्यान्वयनका निम्ति बैङ्कले नयाँ सहायता ढाँचा तयार पारेको प्रधानमन्त्रीलाई जानकारी दिँदै निर्देशक चिम्याओले लगानीका वातावरणमा सुधार ल्याउन सुदृढ एवं सबल नेतृत्वको अहम् भूमिका हुने बताए ।

विश्व बैङ्कका देशीय निर्देशकद्वय चिम्याओ र जेर्भोसले अर्थमन्त्री डा. युवराज खतिवडासँग अर्थ मन्त्रालयमा भेटेर बजेट वक्तव्यमा उल्लेख भएका रोजगारीका अवसरको सिर्जना, मानव विकास, न्यायपूर्ण विकास र निजी क्षेत्रको सहभागिताको स्वागत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू