अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

तारा एयरको विमान अवतरण गर्ने क्रममा जुम्ला विमानस्थलमा दुर्घटना

बिआरटीनेपाल २०७५ जेठ २७ गते ९:१५ मा प्रकाशित

नेपालगन्जबाट जुम्लाका लागी उडेको तारा एयरको ९N AEV ट्विनेटर विमान अवतरण गर्ने क्रममा आज दिउसो जुम्ला विमानस्थलमा दुर्घटना भएको छ । विमानको अगाडि पट्टीको टायर पन्चट हुँदा विमान असन्तुलित भई धावनमार्गबाट बाहिर धस्सिन पुगी दुर्घटना भएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिनुभयो । घटनामा मानवीय क्षति भने भएको छैन । सुरक्षाकर्मी र स्थानीयले यात्रुहरूको उद्धार गरेको जनाइएको छ ।

विमानको अगाडिको भागमा क्षति पुगेको जनाइएको छ । १६ जना यात्रु र ३ जना चालक दलका सदस्य सहित १९ जना विमानमा रहेका सबै यात्रु सकुशल रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू