अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

मूल्यवृद्धिको विरोधमा नेपाल विद्यार्थी संघको विरोध

बिआरटीनेपाल २०७५ जेठ २७ गते ९:१३ मा प्रकाशित

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा आज सिठी बजाएर प्रदर्शन गरेको छ ।

नेविसंघले सरकारले निरन्तर रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि आज अपराह्न विश्वभाषा क्याम्पस, पद्यमोदय मोड, पुतलीसडक, कमलादी, त्रिचन्द्र कलेज, रत्नपार्क हुँदै राष्ट्रिय सभागृह अगाडिसम्म विरोध प्रदर्शन गर्‍यो ।

सो अवसरमा नेविसंघका अध्यक्ष नैनसिंह महराले पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि हवाईजहाजको भाडा वृद्धि भएको छ, जनता मारमा परेका छन्, त्यसैले नेविसंघ विरोधमा उत्रिएको हो बताए । 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू