अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

नेता रामचन्द्र पौडेलद्वारा प्राध्यापक दाहालको पुस्तकको लोकार्पण

बिआरटीनेपाल २०७५ जेठ २७ गते ९:११ मा प्रकाशित

नेपाली काँग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले बहुमतको आडमा संविधानको मर्म र भावना विपरीत गरिने कुनै पनि संशोधन काँग्रेसलाई मान्य नहुने बताउनु भएको छ।

कार्यकारी राष्ट्रपतिको प्रसङ्ग उल्लेख गर्दै नेता पौडेलले राज्यलाई प्रयोगको थलो बनाउने कुरा स्वीकार गर्न नसकिने बताउनु भयो । प्राध्यापक पीताम्बर शर्मा दाहालको पुस्तक मेरो रिमरिमे सम्झना चम्पु ग्रन्थको लोकार्पण समारोहमा नेता पौडेलले पुस्तकको लोकार्पण गर्दे सो कुरा बताउनु भएको हो । उहाँले पुस्तक नेपालको लोकतान्त्रिक आन्दोलनको झलक भएको समेत बताउनु भयो।

कार्यक्रममा काँग्रेस नेता अर्जुन नर सिंह के सी देवेन्द्र नेपाली लगायतका वक्ताहरूले दुई तिहाइ बहुमतको दम्भ सँगै नेताहरूमा बढिरहेको महत्वकाक्षाले देशलाई अनिष्ट तिर लैजाने सम्भावना बढिरहेको बताउनु भयो ।

प्राध्यापक पीताम्बर शर्मा दाहालको पुस्तक इमान्दारिता शहास र सघंर्षका कथा रहेको बताउँदै पुस्तक नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रारम्भिक दिनको महत्त्वपूर्ण दस्ताबेज रूपमा रहेको पनि उहाहरुले बताउनु भयो ।त्यस अवसरमा साहित्यकार तथा गायिका उमा गुरुङ र डिल्लिप्रसाद दहाललाइ भानुभक्त अयोध्यादेवि स्मृति पुरस्कारबाट सम्मानित गरिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू