अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

साहित्यकार गोविन्द गिरी प्रेरणाको २४औं कृति ” लिभिङ टुगेदर” प्रकाशित हुँदै

बिआरटीनेपाल २०७५ जेठ २६ गते २२:४५ मा प्रकाशित

काठमाडौँ, नेपाली साहित्यका विविध विधामा चार दशकदेखि नित्य निरन्तर साहित्य लेखनमा समर्पित साहित्यकार गोविन्द गिरी प्रेरणाको नयाँ कृति कृति “लिभिङ टुगेदर” प्रकाशनको अन्तिम चरणमा पुगेको थाहा भएको छ । साहित्यकार प्रेरणाको यो कृति उपन्यास हो र यो उनको २४औं कृति हो । उनका सम्पादित र अनुवाद गरी ३२ कृति प्रकाशित छन् । उपन्यासको रूपमा भने यो पाँचौँ हो । यसअघि उनका “उत्खनन”, पाखण्ड पर्व”, “अन्तिम खाडल” तथा “मात्र एक रात” प्रकाशित छन् ।

विगत १४ वर्षदेखि अमेरिका बस्दै आएका प्रेरणा अमेरिकी नेपाली समाजमा साहित्यकार पत्रकार तथा समाजसेवीका रूपका परिचित छन् । उनको सम्पादनमा डिसी मेट्रो क्षेत्रबाट १० वर्ष ” विश्वपरिक्रमा ” छापा पत्रिका प्रकाशित भएर हाल विश्वपरिक्रमालाई अनलाइनमा लगेका छन् ।

उनको अध्यक्षतामा “अमेरिका नेपाल साहित्य प्रतिष्ठान” अमेरिकामा दर्ता भई साहित्यिक गतिविधि गर्दै आएको साहित्यिक संस्था हो । त्यसै गरी उनको अध्यक्षतामा “मनासस एभरेष्ट लायन्स क्लब” पनि कार्यशील छ ।

प्रेरणाका अनुसार यो उपन्यास सन् २०१६ मा लेखिएको हो र यसलाई नेपालमा पछिल्लो समयमा राम्रा साहित्यिक कृतिहरू प्ाकाशनमा जुटेको प्रतिष्ठित प्रकाशन बी एन पुस्तक संसारले प्रकाशन गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू