अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

मेलम्चीमा सीएमसीको रजाइँ, सरकारी सम्पत्ति सित्तैमा प्रयोग

बिआरटीनेपाल २०७५ जेठ २६ गते १९:४८ मा प्रकाशित

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसीले सरकारी निर्माण सामग्री सित्तैमा प्रयोग गर्दै आएको छ। सन् २०१३ मा चिनियाँ कम्पनी सीआरसीसीसँग ठेक्का सम्झौता तोडेपछि स्वतः सरकार मातहत आएका रेल (माटो बोक्ने), बिस्फोटक पदार्थ, जेनेरेटर, स्टीललगायतका दर्जन भन्दाबढी निर्माण सामग्री भाडा नतिरी प्रयोग गरिरहेको हो। अन्नपूर्ण पोष्ट बाट

सिआरसीसी हटेपछि सोही वर्षदेखि इटालीयन कम्पनी सीएमसीले मेलम्चीको ठेक्का पाएको थियो। पाँच वर्ष बित्न लाग्दा पनि सीएमसीले कुनै सामग्रीको भाडा तिरेको छैन तर उसले सम्झौतामा उल्लेख नभएका कामको भने सरकारबाट रकम असुलिरहेको छ।

उसले बन्द, हड्ताल, डिजाइन ढिलाइ, भुक्तानी ढिलो हुँदाको ब्याज, स्थानीय अवरोध आदिमा करोडौं रकम सरकारबाट असुलेको छ। स्रोतका अनुसार, ठेक्का सम्झौतालगत्तै ती सामग्रीको संख्या, लागत आदि हिसाब गरी सञ्चालन गरेबापत भाडा लिनुपर्ने भए पनि कर्मचारी मौन छन्। भाडा बापतको रकम मेलम्ची खानेपानी विकास बोर्डलाई भुक्तानी गर्नुपर्ने प्रावधान छ।

अघिल्लो कम्पनीले झन्डै चार हजार तीन सय मेट्रिक टन बिस्फोटक पदार्थ छाडेको थियो भने अम्बाथान, सिन्धु र ग्याल्थुम खण्डमा प्रयोग भइरहेका जेनेरेटर, स्टीललगायतका सामाग्री पनि सन् २०१३ देखि सीएमसीले प्रयोग गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू