अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४५ | Colorodo: 16:00

प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र एपीएफ विच प्रतिस्पर्धा

बिआरटीनेपाल २०७५ जेठ २६ गते १९:१६ मा प्रकाशित

विभागीय त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ, प्रधानमन्त्री कप वन डे क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । राजधानीको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ९ रनले पराजित गर्दै एपीएफले आर्मीसँगको भेट पक्का गरेको हो ।
२ सय ९ रनको लक्ष्य पछ्याएको पुलिसले १४ ओभर ४ बलमा ५९ रन बनाउँदा पानी परेपछि डकवर्थ लुईस पद्दतिका आधारमा खेललाई २८ ओभरमा छोट्याईएको थियो । १ सय ४१ रनको विजयी लक्ष्य पाएको पुलिसले २८ ओभरमा ९ विकेट गुमाउँदै १ सय ३१ रनमात्रै जोड्न सक्यो । कुशल भुर्तेलले ३०, सुनिल धमलाले २४ रन जोड्न बाहेक अन्य ब्याट्स्म्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

एपीएफका अमर रौटेलाले ३ र बसन्त रेग्मीले २ विकेट लिए ।  यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफ ४८ ओभर ५ वलमा २ सय ८ रन बनाउँदै अल आउट भयो । अनिल शाहले ४५, पृथु बास्कोटाले ४०, रोहित कुमारले ३२ र प्रदिप ऐरिले २४ रन जोडे ।

पुलिसका दिपेन्द्रसिहं ऐरिले ३, ललित राजवंशीले २ विकेट लिए ।  आर्मीले हिजो प्रदेश ५ लाई १ सय ५४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । उपाधि भिडन्त पर्सि हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू