अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३४ | Colorodo: 15:49

व्यापार घाटा सवा ९ खर्ब

बिआरटीनेपाल २०७५ जेठ २६ गते १९:०३ मा प्रकाशित

काठमाडौं- आयात उच्च र निराशाजनक निर्यातले चालू अर्थिक बर्षको १० महिनामा व्यापार घाटा सवा ९ खर्ब पुगेको खबर आजको कान्तिपुरमा छ ।

अद्धिल्लो बर्षको १० महिनाको तुलनामा करिब २२ प्रतिशतले वृद्धि भई व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ पुगेको हो ।

भन्सार विभागका अनुसार वैशाखसम्म १ सय ५२ मुलुकहरुबाट ९ खर्ब ८२ अर्ब ५४ रुपैयाँ सामाग्री आयात भएका छन् ।

आयात रकमको ६ दशमलव ७८ प्रतिशत अर्थात ६६ अर्ब ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू