अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१७ | Colorodo: 04:32

एनआरएनए विज्ञ भेला र एजीएमको तयारीमा सान फ्रान्सिस्को तात्यो

मणी नेपाली, क्यालिफोर्निया २०७५ जेठ २६ गते १२:२४ मा प्रकाशित

एन आर एन ए आई सी सी अमेरिका क्षेत्रको विज्ञ भेला तथा एनआरएन एएनसिसि युएस्एको सातौँ साधारण सभा यही जुन १६- १७, २०१८ मा क्यालिफोर्नियाको सहर सान फ्रान्सिस्कोमा हुन गइरहेको छ । ग्लोबल नेतृत्व चयन भए पश्चात् हुने यो साधारण सभामा एन आर एन ए आईसिसिका नव निर्वाचित अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने लगायत एनआरएनए उपस्थिति रहने लगायत आईसिसिका अन्य महत्त्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहने भएको छ । त्यसै गरी पूर्व मन्त्रीहरू रेवती प्रसाद भुसाल तथा डा. प्रकाश चन्द्र लोहनी विशेष वक्ता तथा विशिष्ट अतिथिको रूपमा सहभागी हुनुहुने आईसिसिका अमेरिकाज छेत्रीय संयोजक गौरी राज जोशीले जानकारी दिनु भयो । 

यो साधारण सभाको विशेष आकर्षण आईसिसि अमेरिकाज रिजनको आयोजनामा हुने बहु प्रतिक्षित विज्ञ भेला पनि हो । स्किल्स नलेज एन्ड इनोभेसन सम्मेलन नाम दिईेको यो सम्मेलनमा नेपाल लगायत विभिन्न देश र अमेरिकाका विभिन्न क्षेत्रमा कार्यरत एक्पर्टहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् । दुवै कार्यक्रमहरूको संयुक्त उद्घाटन नेपालका सङ्घीय पर्यटन मन्त्री रबिन्द्र अधिकारीले गर्ने निश्चित भएको छ । सो अवसरमा नेपालका वरिष्ठ पदाधिकारी तथा अमेरिका, क्यानडा तथा ब्राजिलमा कार्यरत नेपाली विज्ञहरूले नेपालको लागि उपयोगी हुने कार्यपत्रहरू प्रस्तुत गर्ने छन् । सो भेलाको लागि निकै उपयोगी कार्यपत्रहरू प्राप्त भएको विज्ञ भेलाका संयोजक तथा आई सी सी सदस्य डिल्ली भट्टराईले बताए ।

भट्टराईले एनआरएनए एनसिसि युएस्एको सातौँ साधारण सभा ऐतिहासिक रूपमा भव्य हुने विश्वास व्यक्त गरेका छन् । हालै उत्तर क्यालिफोर्निया कार्यरत सङ्घ संस्थाका प्रतिनिधिहरू तथा यस क्षेत्रका लब्ध प्रतिष्ठित समाजसेवीहरूलाई एक कन्फेरेन्स कल मार्फत सम्बोधन गर्दै सो कुरा बताएका हुन । कार्यक्रमको तयारी सम्बन्धी अनुगमन गर्ने उद्देश्यले सम्पन्न सो टेली मिटिङमा कन्भेनर द्वय डिल्ली भट्टराई, उमा कार्की थापा, अनुगमन समितिका संयोजक बन्धु पोखरेल, एनआरएन एएनसिसियुएस्का सल्लाहकार उत्तम कार्की लगायतको उपस्थिति थियो । सो कार्यक्रमको थप अनुगमन गर्न एक हप्ता भित्र भौतिकरुपमा नै बैठक बस्न लागेको आयोजकहरूले बताए । 

प्रतिक्रिया