अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५६ | Colorodo: 13:11

नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई

बिआरटीनेपाल २०७५ जेठ २६ गते ९:४६ मा प्रकाशित

नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बट्टारस्थित खेल मैदानमा आज भएको फाइनल प्रतिस्पर्धामा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै पहिलो नुवाकोट गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको हो ।

नेपाल पुलिसलाई विजयी गराउन खेलको दोस्रो हाफको ५३ औँ मिनेटमा रवि पासवानले गरेको गोल निर्णायक भएको हो । खेलको पहिलो हाफको ३३ मिनेटमा नेपाल पुलिसले पाएको पेनाल्टीलाई सुमन लामाले गोल गर्नबाट चुकेपनि दोस्रो हाफमा उत्कृष्ट प्रतिस्पर्धासहित लयमा फर्किएको हो ।

प्रतियोगिताको बिजेता नेपाल पुलिसले रु पाँच लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता थ्रीस्टारले रु तीन लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उत्कृष्ट भएको टोलीलाई पुरस्कार प्रदान गर्दै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले नुवाकोटमा व्यवस्थित खेल मैदानसहितको राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गरी खेल क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

मन्त्री विश्वकर्माले केही सुस्त अवस्थामा रहेको नेपालको फुटबल क्षेत्रलाई आगामी वर्षदेखि निरन्तरता दिन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । आयोजक जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष बुद्धि प्रधानले पहिलो नुवाकोट गोल्डकपको सफलताले हरेक वर्ष निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा गत जेठ १७ गतेदेखि शुरु भएको प्रतियोगितामा राष्ट्रियस्तरका दशवटा क्लबले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया