अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

एसिया फाउण्डेसनको लेट्स रिड नामक डिजिटल पुस्तकालय सञ्चालनमा

बिआरटीनेपाल २०७५ जेठ २६ गते ९:२५ मा प्रकाशित

एसिया फाउण्डेसनले लेट्स रिड नामक डिजिटल पुस्तकालय सञ्चालनमा ल्याएकोछ । सो पुस्तकालयमा सय भन्दा वढी नेपाली भाषाका पुस्तकहरु र अग्रेजीका १००० बढी पुस्तकहरु  राखिएका छन् ।

खास गरि तीनवर्ष देखि१२ वर्षसम्मका वालवालिकाहरुलाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको इन्टरनेटका माध्यमवाट पढ्न सकिने यस पुस्तकालयमा वालवालिकाका क्षेत्रमा कलम चलाउँदै आएका विभिन्न साहित्यकारहरुका रचनाहरु समेटिएकाछन् । लेट्स रिड नामक वेभपोर्टल एवं मोवाइल एप्लिकेसन मागएर निशुल्क रुपमा पुस्तकहरु डाउन लोड गरेपछि इन्टर विना पनि पढ्न सकिने सुविधारहेको फाउण्डेसनले जनाएकोछ ।

खास गरि तीन वर्षदेखि १२ वर्षसम्मका वालवालिकाहरुलाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको यसपुस्तकालयमा विभिन्न मातृभाषाका पुस्तकहरुसमेत समेटिएकाछन्। इन्टरनेटका माध्यमवाट पढ्न सकिने यस पुस्तकालयमा वालवालिकाकाक्षेत्रमा कलम चलाउँदै आएका विभिन्न साहित्यकारहरुका रचनाहरु समेटिएकाछन्। लेट्स रिड नामक वेभपोर्टल एवं मोवाइल एप्लिकेसनमा गएर निशुल्करुपमा पुस्तकहरु डाउनलोड गरे पछि इन्टरनेट विना पनि पढ्न सकिने सुविधा रहेको फाउण्डेसनले जनाएकोछ।

फाउण्डेसनको प्रशासन तथा वुक्स फर एसिया विभागकी प्रमुख समिरा श्रेष्ठका अनुसार यसपुस्तकालयले बालवालिकाको सिर्जनशीलक्षमतामा वृद्धि गर्नुका साथै अभिभावकहरुको आर्थिक व्ययभार पनि कम गर्ने बताउनु हुन्छ। पुस्तकालयमा विभिन्न भाषामा बालसाहित्यका विभिन्न पुस्तकहरुका साथै अडियो भिडियो सामाग्रीहरु समेटिएकाछन् । भृकुटी मण्डपमा आयोजित शैक्षिक मेलामा एसिया फाउण्डेसनलको लेट्स रिड नामक डिजिटल पुस्तकालय सबैको आकर्षणको केन्द्र बनेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू