अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५ | Colorodo: 23:50

विश्व कप इतिहासका शिर्ष गोलकर्ता, जसले गोल्डेन बुट पाए

बिआरटीनेपाल २०७५ जेठ २६ गते २:३४ मा प्रकाशित

विश्व कप फुटबलमा सर्वाधिक गोलकर्ता खेलाडीलाई गोल्डेट बुट दिने प्रचलन रहेको छ । विश्व कप ट्रुनामेन्ट भरमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीलाई फिफाले गोल्डेन बुट दिँदै आएको छ ।

हालसम्मको विश्व कप इतिहासमा सन् १९५८ मा भएको खेलमा फ्रान्सका जस्ट फोन्टिनले गरेका हुन् । उनले ६ खेलमा १३ गोल गरेका थिए । तर आफ्नो खेल जीवनमा खेलिएको विश्व कपमा सवार्धिक गोलकर्ताको रेकर्ड भने जर्मनीका मिरोस्लाभ क्लोज हुन् ।

उनले ब्राजिलका रोनाल्डोको नाममा रहेको व्यक्तिगत १५ गोलको रेकर्ड तोड्दै २०१४ को विश्वकपमा क्लोजले १६ गोल गर्दै रेकर्ड आफ्नो नाममा राखेका हुन् ।

फिफाको पछिल्लो नियम अनुसार व्यक्तिगत स्कोर समान भएमा जो खेलाडीले गोल गर्नमा धेरै पास मिलाएको छ उसैलाई टप स्कोररको मान्यता दिने व्यवस्था गरेको छ ।

यसो गर्दा पनि समान नै भएमा पछिल्लो समय जसले खेलेको छ उसलाई दिने फिफाको नियममा उल्लेख छ । पहिलो विश्वकपदेखि नै कुल खेलाडीले सर्वाधिक व्यक्तिगत गोल गरे ।

१९३० मा अर्जेन्टिनाका गुलिरमो स्टेविलले ४ खेलमा ८ गोल गरेका थिए ।

१९३४ मा इटालीका एंजेलो स्केभियो, चेकोस्लोभाकियाका वल्डरिच निजेडली र जर्मनीका एडमन्ड कोननले समान ४ खेलमा समान ४ गोल गरेका थिए ।

१९३८ मा ब्राजिलका लियोनिदास दा सिल्भाले ४ खेलमा ८ गोल गरेका थिए ।

१९५० मा ब्राजिलका माक्युज एडमायरले ६ खेलमा ७ गोल गरेका थिए ।

१९५४ मा हंगेरीका सान्डोर कोसिसले ५ खेलमा ११ गोल गरेका थिए ।

१९५८ मा फ्रान्सका जस्ट फोन्टिनले ६ खेलमा १३ गोल गरेका थिए ।

१९६२ मा युगोस्लाभियाका ड्रागन जेकोभिचले ६ खेलमा ५ गोल गरेका थिए ।

१९६६ मा पोर्चुगलका फराइरा उस्बियोले ६ खेलमा ९ गोल गरेका थिए ।

१९७० मा वेस्ट जर्मनीका गेर्ड मुलर ६ खेलमा १० गोल गरेका थिए ।

१९७४ मा पोल्याण्डका गर्जगोर्ज लाटोले ७ खेलमा ७ गोल गरेका थिए ।

१९७८ मा अर्जेन्टिनाका मारियो केम्पसले ७ खेलामा ६ गोल गरेका थिए ।

१९८२ मा इटालीका पावलो रोसीले ७ खेलमा ६ गोल गरेका थिए ।

१९८६ मा इंग्ल्याण्डका ग्यारी लिनकेरले ५ खेलमा ६ गोल गरेका थिए ।

१९९० मा इटालीका सालभाटोर चिलासीले ७ खेलमा ६ गोल गरेका थिए ।

१९९४ मा रसियाका ओलेग सालेन्कोले ३ खेलमा ६ र बुल्गेरियाका ह्रिस्ठो स्टोचकोभले ७ खेलमा ६ गोल गरेका थिए ।

१९९८ मा क्रोएसियाका डाभोर सुकेरले ७ खेलमा ६ गोल गरेका थिए ।

२००२ मा ब्राजिलका रोनाल्डोले ७ खेलमा ८ गोल गरेका थिए ।

२००६ मा जर्मनीका मिरोस्लाभ क्लोजले ७ खेलमा ५ गोल गरेका थिए ।

२०१० मा जर्मनीका थोमस मुलरले ६ खेलमा ५ गोल गरेका थिए ।

२०१४ मा कोलम्बियाका जेम्स रोड्रिगेजले ५ खेलमा ६ गोल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू