अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२८ | Colorodo: 14:43

रसिया विश्वकप खेल्ने चर्चित स्टार, विश्वकपमा कसको कति गोल ?

बिआरटीनेपाल २०७५ जेठ २६ गते २:२४ मा प्रकाशित

विश्वकप फुटबल अबको पाँच दिनपछि रसियामा सुरु हुँदैछ । विश्वकप खेल्ने टोली तथा दर्शकहरु रसिया पुग्ने क्रम सुरु भइसकेको छ ।

यो विश्वकपमा चर्चित स्टारले खेल्नेछन् । अर्जेन्टिनाका लियोनल मेस्सी, पोर्चुगलका, क्रिस्टियानो रोनाल्डो, ब्राजिलका नेयमार जस्ता स्टारले रसिया विश्वकप खेल्दैछन् ।

रसिया विश्वकप खेल्ने चर्चित स्टार मध्ये जर्मनीका थोमस मुलर सर्वाधिक गोल गरेका छन् । मेस्सी तेस्रो स्थानमा रहँदा नेयमार सातौं स्थानमा छन् । रोनाल्डो यो सूचीको ११ औं स्थानमा छन् । तीन विश्वकप खेलेका उनको गोल संख्या पनि ३ नै छ ।

थोमस मुलर (जर्मनी): १० गोल (२०१०, २०१४)

जेम्स रोड्रिवेज (कोलम्बिया): ६ गोल (२०१४)

लियोनल मेस्सी (अर्जेन्टिना): ५ गोल (२००६, २०१०, २०१४)

लुइस स्वारेज (उरुग्वे): ५ गोल (२०१०, २०१४)

टिम कहिल (अष्ट्रेलिया): ५ गोल (२००६, २०१०, २०१४)

गोन्जालो हिग्वेन (अर्जेन्टिना): ५ गोल (२०१०, २०१४)

नेयमार (ब्राजिल): ४ गोल (२०१४)

शाकिरी (स्टिजरल्याण्ड): ४ गोल (२०१४)

होन्डा (जापान): ३ गोल (२०१०, २०१४)

जाभियर हर्नानडेज (मेक्सिको):  ३ गोल (२०१०, २०१४)

रोनाल्डो (पोर्चुगल): ३ गोल (२००६, २०१०, २०१४)

राफेल मक्यूज (मेक्सिको):  ३ गोल (२००६, २०१०, २०१४)

प्रतिक्रिया