अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

सगरमाथा नाप्न २७ करोड

बिआरटीनेपाल २०७५ जेठ २६ गते १:५२ मा प्रकाशित

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथा नाप्न २७ करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।

मापन प्रक्रियालाई टुंग्याउन सरकारले यस आर्थिक बर्ष १५ करोठ रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

यसअघि दुई करोड रुपैयाँ छुट्याइएकामा यस बर्ष बजेटको दायरा फराकिलो बनाएको नापी विभागले जनाएको छ ।

विभागका महानिर्देशक गणेशदत्त भट्टले एक दर्जनभन्दा बढी प्राविधिक टोलीले लेभलिङको कामलाई अघि बढाएको बताए ।

सिरहाको मिर्चौयादेखि  लेभलिङ शुरु गरिएकोमा हाल टोली ओखलढुंगाको ढाप पुगिसकेको छ । यस आर्थिक बर्षभित्र सोलुखुम्बुको सिमानासम्म लेभलिङ सकिने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू