अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२५ | Colorodo: 03:40

ड्रिम गर्ल’ को गीत ‘तिम्रो माया’ सार्वजनिक ( भिडियो सहित )

बिआरटीनेपाल २०७५ जेठ २५ गते ११:३४ मा प्रकाशित

काठमाडौँ, फिल्म ‘ड्रिम गर्ल’ को गीत ‘तिम्रो माया’ सार्वजनिक गरिएको छ । गीतको भिडियोमा नायक आकाश श्रेष्ठ र नायिका आश्मा गिरीको रोमान्स रहेका छन् ।

अर्जुन पोखरेलले संगीत भरेको गीतमा अम्बिका शर्माको शब्द रहेको छ । उक्त गीतमा अञ्जु पन्त र सुरेश लामाले स्वर दिएका छन् । गम्भिर विष्टले भिडियोको कोरियोग्राफी गरेको ‘ड्रिम गर्ल’ को निर्देशन ऋषिराज आचार्यका छन् । फिल्ममा आकाश र आश्मासँगै विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, लक्ष्मी गिरी, निर्मल शर्मा, सुरविर पण्डित लगायतको कलाहरुले अभिनय गरेका छन्।

राहुल राई र रामेश्वर हुँमागाईंको छायाँकन रहेको फिल्ममा सम्राट बस्नेतको द्धन्द्ध निर्देशन छ । फिल्म असोज १९ गतेदेखि प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया