अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०५ | Colorodo: 12:20

नरगिसको भेषमा मनिषा कोईराला

बिआरटीनेपाल २०७५ जेठ २५ गते ११:०९ मा प्रकाशित

रणवीर कपुर अभिनित फिल्म ‘संजु’को थपएक नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्ममा नरगिस दत्तको भुमिका निभाइरहेकी मनिषा कोइराला सहितको पोस्टर सार्वजनिक गरिएको हो । जस्मा अभिनेता रणवीर कपुर पनि देिखएका छन ।

अभिनेता संजय दत्तको बायोपिकमा आधारित फिल्ममा मनिषा कोइरालाले संजय दत्तकी आमाको भुमिका निभाएकी छिन । सार्वजनिक भएको पोस्टरमा मनिषा हुबहु संजय दत्तकी आमा नरगीस जस्तै देखिएकी छिन ।

पोस्टर हेरेर सहजै अनुमान लगाउन सकिन्छ कि मनिषाले यो फिल्मको लागी निकै मेहनत गरेकि छिन । त्यसको लागी उनले आफ्नो श्रृङ्गार देखी लिएर कपालको सजावटमा पनि त्यत्ति कै ध्यान दिएको पाइन्छ । खास गरेर निधारमा लगाएको बिन्दीले त यस्तो आभास गराउन्छ कि उनी मनिषा नभएर साचै नरगिस नै हुन ।

यो भन्दा पहिले सार्वजनिक भएका पोस्टरहरु अरु भुमिकाहरुको बारेमा सार्वजनिक गरिएका थिए जस्मा संजयका साथीको भुमिकामा देखीएका विकी कौशल, पत्रकारको भुमिका निभाइरहेकी अनुष्का शर्मा, उनकि प्रेमिकाको भुमिका निभाइरहेकी सोनम कपुर र बुबा सुनिल दत्तको भुमिका निभाइरहेका परेश रावल सहभागी छन ।

फिल्ममा यि सबैको अनुहारलाई हुबहु उर्ताने प्रयास गरिएको छ। ‘सञ्जु’ को निर्देशन राजकुमार हिरानीले गरेका हुन । फिल्म अषाढ १५ गतेबाट प्रर्दशनमा आउदै छ।

प्रतिक्रिया