अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५९ | Colorodo: 05:14

गायक नबिन के भट्टराईको ‘मेरो नाम’ सार्बजनिक – भिडियो

बिआरटीनेपाल २०७५ जेठ २५ गते १०:४७ मा प्रकाशित

गायक नबिन के भट्टराई लामो समयपछि आफ्नो गीति संग्रह NKB लीएर दर्शक तथा श्रोता समक्ष आएका छन् । बीच बीचमा केहि गीतहरु आएपनि नबिनले गीति संग्रह भने निकै पछि निकालेका हुन् । म्युजिक नेपालले बजारमा ल्याएको उक्त संग्रहको पहिलो गीत मेरो नाम यु टुब तथा विभिन्न टेलिभिजन तथा रेडियोबाट सार्बजनिक भएको छ।

गीतको शब्द नरेश देव पन्तको रहेको छ । नरेशसंग करिब १३ बर्ष पछि सहकार्य गरेको नबिन बताउछन । नबिनका पुराना गीतहरुमा नरेशकै शब्द हुन्थ्यो। यो गीतको संगीत संयोजन इमान बिक्रम शाहले गरेका छन् । आफ्ना पुराना गीत संगीतजस्तै यो गीतलाइपनि दर्शक तथा श्रोताहरुले मन पराउनु हुन्छ भन्ने आशा नबिनले गरेका छन् । यो बीचमा लाइव शो तथा कन्शर्टमा ब्यस्त भएकोले नया गीत निकाल्न नपाएकोपनि उनि बताउछन ।

यो गीतको अर्को बिशेष कुरा के पनि हो भने यो गीत को रेकर्डिङ पुरानो प्रबिधि ( टेप ) बाट रेकर्डिङ गरिएको हो डिजीटल प्रबिधिबाट सजिलो हुने भए पनि टेप बाट रेकर्डिङ गर्नु अझै राम्रो भएको नबिन बताउछन । गीतको भिडियोमा नब कलाकार टिना राजभण्डारी र संजय भट्टराईको अभिनय हेर्न सकिन्छ । भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका छन् भने सम्पादन निशान घिमिरेले गरेका छन् । भिडियोको निर्देशन नविना भट्टराईले गरेकी छिन् ।

 

प्रतिक्रिया