अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

निर्माण व्यबसाहीको लापरवाहीको कारण तेश्रो कुलेखानी जलविधूत आयोजनाको निर्माण लागत र समय दुबै बढ्यो

बिआरटीनेपाल २०७५ जेठ २५ गते १०:१२ मा प्रकाशित

निर्माण व्यबसाहीको लापरबाहीको कारण तेस्रो कुलेखानी जलविधूत आयोजनाको निर्माण लागत र समय दुवै दुईगुणाले बढ्न पुगेको छ।

सन् २००८ बाट ४ वर्ष भित्रमा निर्माण सम्पन्न गरिसक्ने उघ्देश्यका साथ सुरु भएको सो जलविधूत आयोजना सन् २०१८मा आइपुग्दा पनि निर्माण सम्पन्न हुने अत्तो पत्तो छैन।

सो आयोजनाको ईलेक्ट्रोमेकानिकल ,हाईड्रोमेकानिकल,र प्रसारण लाइन निर्माण कार्यको ठेक्का पाएको चीनको झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल कंम्पनीले आफ्नो जिम्माको काम समयमै सम्पन्न नगर्दा आयोजनाको समय र लागत दूईवटै दोब्बर बन्न पुगेको छ।

सुरुमा २अर्ब रुपैयाँको लागतमा सन् २०१२मा सम्मपन्न गर्ने लक्ष रहेको सो आयोजनाको लागत बढेर ४ र्ब ६३ करोड रुपैयाँ पुग्ने संशोधित अनुमान गरिएको छ भने निर्माण सम्पन्न हुने समय अझै अनिश्चित छ।

१४ मेगावाट क्षमताको सो आयोजनाको सिभिल निर्माण कार्य ९५ प्रतिशत सकिएको र इलेक्ट्रोमेकानिकल निर्माण कार्य ६५ प्रतिशत सकिएको उप प्रबन्धक धिरेन्द्र चौधरीले बताउनु भयो।

इलेक्ट्रोमेकानिकलको ठेकेदारले नियमित काम गर्ने हो भने अबको दुई महिना भित्रमा निर्माण सम्पन्न हुने अवस्था रहेपनि परियोजना स्थलमा ठेकेदारको उपस्थिति नरहेको उहाँले बताउनु भयो। ठेक्का कबुल गर्ने तर समयमै काम सम्पन्न नगर्ने यस प्रकारको प्रबृतिको अन्यकालागी राज्य जिम्मेवार भएर कडा रूपमा प्रस्तुत हुन जरुरी छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू