अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:११ | Colorodo: 21:26

सुमनको मेटिन्न तिम्रो तस्बिर सार्वजनिक

दिपसन लुइटेल, काठमाडौँ २०७५ जेठ २५ गते १०:०६ मा प्रकाशित

पछिल्लो समयका व्यस्त गायक सुमन केसीको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। शुक्रवार युट्युव च्यानल ‘त्रिकोण क्रिउ मिडिया’बाट ‘मेटिन्न तिम्रो तस्बिर’ बोलको गीत रिलिज गरिएको हो। सार्वजनिक उक्त गीतमा विनोद शर्मा ‘सानुभाई’को शब्द रमेश कडरियाको सङ्गीत रहेको छ। गीतको एरेन्जर फडिण्द्र राई हुन्।

शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अनिल थापा र आशा गौतमको अभिनय रहेको छ। निकै सुन्दर लेकेशनमा खिचिएको भिडियोमा अनिल र आशाको प्रेमलाई प्रस्तुत गरिएको छ।

राजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्। भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन् भने सुप्रिम पराजुलीले सम्पादनको जिम्मा लिएका छन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया