अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२९ | Colorodo: 13:44

चलचित्र ‘यो माया कस्तो माया’को रोमान्टिक गीत सार्बजानिक (भिडियो सहित)

सुर्य चन्द, काठमाडौँ २०७५ जेठ २५ गते ९:५० मा प्रकाशित

काठमाडौँ : चलचित्र ‘यो माया कस्तो माया’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । एसकेएन सिनेमा प्रा.लिई.को ब्यानरमा निर्माण भएको चलचित्र ‘यो माया कस्तो माया’को राजधानीमा एक कार्यक्रमबिच गीत सार्वजनिक गरिएको हो । चलचित्रका मुख्य कलाकार दिवस धिताल र सभ्यता गिरी लाई फिचर गरेको गीतमा फिरोज बस्नेत र अन्जु पन्तको स्वर रहेको छ ।

कलेज उमेरमा हुने प्रेमी र प्रेमिका बिचको माया देखी लिएर अहिलेसम्म कसैले परिभाषित गर्न नसकेको मायाको परिभाषाको खोजी गरिएको भनिएको चलचित्रका प्रस्तुतकर्ता किसान पोख्रेल हुन ।

भूषण आनन्द ठकुरीको निर्देशन मा तयार भएको चलचित्रको कथा ठकुरी आफैँले लेखेका हुन । चलचित्रमा अर्जुन पोख्रेलको सङ्गीत, शङ्कर महर्जनको द्वन्द , कविराज गहतराज, रामजी लामिछाने, विक्रम लामा, र एन्जिला खत्रीको कोरियोग्राफी, अर्जुन बिसीको सम्पादन तथा दिव्य सुबेदीको छायाङ्कन रहेको छ ।

प्रेम एकजनासँग हुन्छ र विवाह अर्कोसँग हुन्छ, प्रेम भएकोसँग विवाह हुँदैन र विवाह भएकोसँग प्रेम हुँदैन भन्ने विषय मा बनेको ‘यो माया कस्तो माया’ लाई काठमाडौँ, दोलखा, तथा दार्जिलिङलगायतका स्थानहरूमा छायाङ्कन गरिएको छ ।

चलचित्रमा दिवस धिताल, सभ्यता गिरी , ऋतु पौडेल , युवराज केशरी , सुन्दर श्रेष्ठ , लय संग्रौला, सुमित डङ्गोल, तारा केसी , तुलसा शर्मा, शङ्कर महर्जन , सुर्यमान गुरुङ , महेश दाहाल, रोशनी दाहाल, किरण राई, दिपेन बस्नेत, विकास पोख्रेल, नितु कोइरालालगायतको अभिनय रहेको छ । 

प्रतिक्रिया