अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

इन्दिरा जोशीको रेलीमाइ भिडियो सहित

बिआरटीनेपाल २०७५ जेठ २४ गते ११:३१ मा प्रकाशित

ईन्दिराले ‘रेलीमाइ…’ लिएर दर्शक तथा स्रोतामाझ आएकी छिन् । गायिका जोशीले युवा गायक आर्जन पाण्डेसंग यूगल गायन गरेकी छिन् । उक्त गीतमाप्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ ।

रिकेश गुरुङ उक्त गीतका संगीत संयोजक हुन् ।नृत्यपरक उक्त गीतको म्युजिक गायिका जोशी तथा गायकपाण्डेले आकर्षक अभिनयका साथै उत्कृष्ट नृत्य समेत गरेका छन् । भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृष्यहरुलाई आकर्षक शैलीमा चित्रणगरिएको छ ।

नयाँ यूगल गीत ‘रेलीमाइ… हरि हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोलाई प्रविण सिंहले निर्देश्ँन गरेका हुन् । निशान घिमिरेले उक्त म्युजिकभिडियो सम्पादन गरेका हुन् । भिडियोमा अभिनय गर्ने कलाकारहरुलाई श्याम लामा तथा सुमन लामाले सिंगार्ने काम गरेका छन् ।

 

प्रतिक्रिया