अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१६ | Colorodo: 17:31

तिमी हुन्छौ जहाँ जहाँको फस्ट लुक्स सार्वजनिक

बिआरटीनेपाल २०७५ जेठ २४ गते ११:१० मा प्रकाशित

आगामी ८ असारबाट देशव्यापी प्रदर्शनीमा आउने तयारीमा रहेकोक चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ ले मँगलबार फस्ट लुक्स सार्वजनिक गरेको छ । फस्ट लुक्स अन्तर्गत चलचित्र युनिटले सिनेमाको दुई ओटा पोस्टर सार्वजनिक गरेको छ ।
जस मध्य एउटा पोष्टरमा मनिष सुन्दर श्रेष्ठ र मलिनाबीचको प्रेम र स्वरुपपुरुष ढकाल बियोग दर्शाउँछ ।यस्तै अर्को पोष्टरमा मनिष सुन्दर र मलिनाको सामिप्यतामा चरित्र अभिनेता रबी गिरी र स्वरुप पुरुष ढकाललाई तगारोका रुपमा उभ्याईएको छ ।

आगामी ८ असारमा तिमी हुन्छौं जहाँ जहाँ एकल प्रदर्शनी हुँदैछ । यो चलचित्रलाई विवेक बस्यालले निर्देशन गरेका हुन् । जसमा मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुपपुरुष ढकाल, रबी गिरी, तमन्ना केसी, गीता अधिकारी, विश्व बस्नेत लगायतको अभिनय छ । वर्षा शिबाकोटी यो चलचित्रमा अतिथि भूमिकामा छिन् ।

प्रेमकथामा आधारित तिमी हुन्छौ जहाँ जहाँलाई पर्यटन मदन दवाडी सहित प्रकास बास्कोटा, डालचन्द्र दवाडी र हरिप्रसाद अधिकारीले निर्माण गरेका हुन् । यो चलचित्रमा रामशरण उप्रेतीको छायाँकन, कविराज गहतराजको नृत्य निर्देशन, अर्जुन पोखरेलको संगीत रहेको छ ।

प्रतिक्रिया