अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४४ | Colorodo: 20:59

आयल निगमका कार्यकारी निर्देशक खड्काले दिए राजिनामा

बिआरटीनेपाल २०७५ जेठ २४ गते १०:५५ मा प्रकाशित

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।जग्गा खरिदमा अनियमितता गरेको आरोपमा मन्त्रालय तानिएका खड्काले पत्रकार सम्मेलन गरेर राजीनामा दिएका हुन । 

उनले आफुमाथी देशी विदेशी तत्वले सुनियोजित षड्यन्त्र गरेको बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘ममाथि देशी–विदेशी तत्वहरुले समेत षड्यन्त्र गरे’, घाटामा गएको निगमलार्इ नाफामा लगेको थिए । मैले गरेको राम्रो काम कसैले देखि सहेनन्, उनले थपे निगमलाई ऋणमुक्त बनाए तर ‘रत्नपार्कको ज्योतिष’ जस्तो बनाए ।

उनले अदालतले न्याय दिए पनि मन्त्रालयमा हाजिर गराएर जिम्मेवारीविहीन बनाएकोमा गलत तत्वले मन्त्रालयमा ल्याएर थन्काएको आरोप लगाए ।  खड्कालाई ९ महिनाअघि सरकारले बर्खास्त गरेको थियो । त्यसपछि अदालत पुगेका उनी त्यहीको आदेशबाट निगम फर्केका थिए । तर, उनलाई आपूर्ति मन्त्रालयले मन्त्रालय हाजिर गराएर जिम्मेवारीबिहीन गराएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू