अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 23:47

साना तथा मझौला उद्योग व्यवसायको विस्तारले ठूला उधोगको विकासमा सहयोग पुग्ने : प्रचण्ड

बिआरटीनेपाल २०७५ जेठ २४ गते १०:३७ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गर्न सके ठूला उद्योगको विकासमा सहयोग पुग्ने बताउनुभएको छ । 

साना तथा मझौला व्यवसायी महासंघ नेपालको १५औँ स्थापना दिवसका अवसरमा  आयोजित कार्यक्रममा अध्यक्ष दाहालले साना तथा मझौला व्यवसाय आर्थिक विकासको आधार भएकाले यसलाई व्यवस्थित गर्दै लैजानुपर्ने भनाइ राख्नु भयो।

अहिले देशमा दुईतिहाइ बहुमतको स्थिर सरकार भएकाले देशको आर्थिक विकास अभियानमा सबै मिलेर लाग्नुपर्ने भन्दै उहाले  छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्ध राम्रो भएकाले दुवै देशको आर्थिक विकासबाट लाभ लिनु पर्ने  बताउनुभयो ।

लामो समयको प्रयासपछि देशमा आर्थिक विकासको निम्ति राजनीतिक वातावरण तयार भएको भन्दै अध्यक्ष दाहालले सबै राजनीतिक दलले एकअर्कालाई सहयोग गरेर देशको समृद्वितर्फ एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष बाबुकाजी महर्जनले समृद्व नेपाल निर्माणका लागि महासंघले ‘एक घर एक व्यवसाय’ भन्ने नारा ल्याएको भन्दै यसलाई व्यवस्थित गर्न महासंघ लागिपरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू