अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 23:15

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नं २ को सरकारलाई दिएको समर्थन यथावत् रहने

बिआरटीनेपाल २०७५ जेठ २४ गते १०:१६ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रदेश नं २ को सरकारलाई दिएको समर्थन यथावत् रहने स्पष्ट पारेको छ ।

राजपा अध्यक्ष मण्डलको आज बसेको बैठकले प्रदेश नं २ को सरकारकाविरुद्ध कुनै पनि प्रकारले अनावश्यक टिप्पणी नगर्न सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिइने निर्णय गरेको छ ।

राजपा नेपाल सम्मिलित मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा आफ्नो पार्टीको समर्थन, सहयोग र सहभागिता निरन्तर रहने निर्णय बैठकले गरेको छ, अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “मधेश आन्दोलनको भावना, मधेशी जनताको चाहना र जनादेशसमेतलाई ध्यानमा राखी विभिन्न उत्तारचढावबीच राजपाले प्रदेश सरकारलाई दिएको समर्थन जारी राख्दै सरकारमा सहभागी भएर अगाडि बढ्ने निर्णय गरेको छ ।”

बुधबार राजपाका महासचिव एवं प्रदेशसभा सदस्य मनिषकुमार सुमनले प्रदेश नं २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी बाहिरिने अभिव्यक्ति दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू