अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४८ | Colorodo: 00:03

पत्रकारलाई धम्क्याएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर आपत्ती

बिआरटीनेपाल २०७५ जेठ २४ गते १०:०५ मा प्रकाशित

हाम्रा कुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याउनुका साथै मानसिक तनाव दिएको भन्दै नेपाल प्रेस युनियनले त्यसको घोर भर्सना गरेको छ । 

युनियनका अध्यक्ष बद्री सिग्देलले आज प्रेस विज्ञप्ति जारी गरी जेठ २३ गते साँझ ७ः०० बजेतिर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूकी अध्यक्ष तथा सांसद नवीना लामाको निर्देशनमा अनेरास्ववियूकै केन्द्रीय सदस्य बताउने भूपेन्द्र शाही नेतृत्वको सात जनाको समूहले हाम्रा कुरा डटकमको तीनकुनेस्थित कार्यालयको समाचार कक्षमा छिरेर कार्यरत पत्रकारलाई धम्क्याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको प्रष्ट पार्नुभयो ।

समाचार कक्षमा प्रवेश गर्नु तथा फोनबाट सम्पादकलाई धम्की दिनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो भन्दै विज्ञप्तिमा भनिएको छ, “समाचारसम्बन्धी चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी दिइ उपचार खोज्ने बाटो हुँदाहँुदै कार्यालयमा नै पुगेर समाचार हटाउन दबाब दिनु निन्दनीय छ ।”

घटनाको छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन, पत्रकारको पूर्ण सुरक्षा गर्न र यस्ता घटना दोहोरिन नदिन एवं संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार निर्वाध उपभोग गर्ने वातावरण तयार गर्न युनियन सरकारसँग जोडदार माग गर्दछ, विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू