अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

म्याच फिक्सिङ’ को आरोप लागेका खेलाडीलाई सफाइ

बिआरटीनेपाल २०७५ जेठ २४ गते ९:५० मा प्रकाशित

म्याच फिक्सिङ प्रकरणमा अभियुक्त बनेका राष्ट्रिय फुटबल समूहका तत्कालीन कप्तान सागर थापासहित ६ जनालाई आज विशेष अदालतले सफाइ दिएको छ । 

विशेष अदालतका अध्यक्ष तथा न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई सफाइ दिएको हो ।

सफाइ पाउनेमा राष्ट्रिय फुटबल समूहका तत्कालीन कप्तान थापा, खेलाडीहरु विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापा रहेका छन् ।

खेल मिलेमतोमा पैसा लिएर खेलेको भन्दै प्रहरीले उनीहरुमाथि राज्यविरुद्ध अपराधको आरोपमा हदैसम्म कारबाहीको माग गरी २०७२ साल कात्तिक २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सन् २००८ यता २२ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘म्याच फिक्सिङ’ गरेर पैसा लिएको आरोपमा उनीहरुमाथि महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान अगाडि बढाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू