अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३१ | Colorodo: 18:46

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्सको एघारौँ वार्षिक सम्मेलन कोलोराडोमा

बिआरटीनेपाल २०७५ जेठ २३ गते १५:२१ मा प्रकाशित

अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्स (ASNEngr) ले कोलोराडोको डेनभर सहरमा कृयाशील इन्जिनियरहरू तथा सूचना प्रविधि सम्बन्धी पेशाकर्मीहरुको संयुक्त तत्वावधानमा “Exploring the Advancements in Research and Development in Engineering, Science, and Technology” भन्ने नाराका साथ जुलाई २१-२२, २०१८ मा सोसाइटीको एघारौँ वार्षिक सम्मेलन गर्ने भएको छ ।

उक्त दुई दिवसीय कार्यक्रममा इन्जिनियरहरू, वैज्ञानिकहरू, सूचना प्रविधिका विशेषज्ञहरु तथा अन्य सम्बन्धित पेशाकर्मीहरुलाई एकै स्थानमा ल्याएर उनीहरूका ज्ञान र अनुभव आदान प्रदान गर्ने प्राविधिक सत्रहरू रहनेछन् । यस सम्मेलनले नेपाली सहकर्मीहरू तथा नेपालका मित्रहरू बिच सञ्जाल स्थापना गर्ने र सामाजिकीकरण (Socialization) गर्ने अवसर पनि उपलब्ध गराउने छ भन्ने आयोजक टिमका आनन्द पौडेलको विश्वास छ । उक्त सम्मेलनमा प्राज्ञिक जगत्, उद्योग व्यवसाय तथा नेपाल र अमेरिकाका सरकारी निकायका विषिष्ठ अतिथिहरूलाई समेत सम्मेलनमा आमन्त्रण गरिएको छ, पौडेलले बिआरटी नेपाललाई भने ।

एघारौँ वार्षिक सम्मेलनका कन्फरेन्स जनरल चेयर उपेन्द्र कर्णले बिआरटी नेपाललाई दिएको जानकारी अनुसार, अमेरिकन सोसाइटी अफ नेपलीज् इन्जिनीयर्स (ANEagr) IRS 501(c)(3) कर छुट हैसियतमा स्थापना गरिएको नाफा रहित संस्था हो, जसको उद्देश्य इन्जिनीयरिङ्ग तथा तत् सम्बन्धी वैज्ञानिक र प्राविधिक क्षेत्रमा कृयाशील नेपालीहरूलाई नजिक हुन, विचार आदान प्रदान गर्न र एक अर्कालाई सहयोग र समर्थन गर्न तथा उनीहरूको र संस्थाको साझा हित प्राप्त गर्न एउटा चौतारी उपलब्ध गराउनु हो । सोसाइटीले नेपालमा इन्जिनीयरिङ्ग र प्राविधिक प्रगतिको प्रबर्धन गर्न पनि प्रयास गर्दछ । यो कार्यक्रम उच्चस्तरीय प्राविधिक विषय वस्तुहरू सर्व साधारण जनसमुदायका लागि पनि सान्दर्भिक हुन्छन् र हाईस्कूलका विद्यार्थीहरूको लागि रुचिको विषय बन्न सक्छन् । साथै विद्यार्थी तथा युवाहरूका लागि प्रयोगात्मक कार्यशाला आयोजना गरिनेछन् ।

यो सम्मेलन विज्ञान, प्रविधि, इन्जिनीयरिङ्ग र गणित (STEM) क्षेत्रमा कार्यरतहरूका लागि, इन्जिनीयरिङ्ग क्षेत्रमा कुरियर बनाउन चाहने विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि, मुख्य विषय छनौट गरिनसकेका विद्यार्थीहरूका अविभावकहरुका लागि मात्र होइन अरू धेरैका लागि यो सम्मेलन लाभदायक साबित हुनेछ, एघारौँ वार्षिक सम्मेलनका कन्फरेन्स जनरल चेयर कर्णले बिअारटी नेपाललाई जानकारी दिए ।  आयोजक टिमले संयुक्त राज्य अमेरिका, नेपाल र विश्वभर छरिएर बसोबास गरिरहनु भएका नेपालीहरूलाई सम्मेलनमा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ ।

कार्यक्रम हुने स्थान:
Business Tech Center
8301 E. Prentice Avenue
Greenwood Village, CO 80111
मिति: जुलाई २१-२२, २०१८

इन्जिनीयरिङ्ग तथा सम्बन्धित क्षेत्रका निम्नलिखित लगायत अरू पनि धेरै विषयमा प्रस्तुतिकरण गरिनेछन्:
• भूकम्प तथा प्रकोप राहत
• इलेक्ट्रिकल , मेकानिकल सिस्टम तथा अन्य उच्चस्तरीय उत्पादनका काम
• आधारभूत संरचना डिजाइन, विश्लेषण र दिगोपना
• इन्जिनीयरिङ्ग समस्याहरू र अन्तरिक्ष प्रयोग
• यातायात, दिगोपना, वैकल्पिक/नवीकरणीय ऊर्जा
• सूचना प्रविधि र साइबर सुरक्षा

रजिस्ट्रेसनका लागि http://www.asnengr.org वेबसाइट हेर्नुहोला ।

सम्पर्क:
Ananda Paudel, PhD
Assistant Professor of Engineering and Technology
Metropolitan State University of Denver
720-999-5865 (Cell)
ASNEngr2018@gmail.com

Upendra Karna, D. Eng., P.E.
Conference General Chair, 11th Annual Conference, ASNEngr
609 516 3059 (Cell)
info@asnengr.org

उक्त संस्थाले सञ्चालन गरिरहेका केही कामका उदाहरण यस प्रकार छन्:
नेपालका हरेक विश्वविद्यालयका इन्जिनीयरिङ्ग छात्रछात्राहरूलाई उत्कृष्ट पुरस्कारको व्यवस्था (Merit Awards),
शोधवृत्ति (Graduate Student Research Fund),
भूकम्प सम्बन्धी तालिम तथा
प्राकृतिक प्रकोपको अवस्थामा सहयोग ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू