अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२१ | Colorodo: 01:36

अनेसासको अध्यक्षमा गोवर्धन पूजाको उम्मेद्धवारी घोषणा

बिआरटीनेपाल २०७५ जेठ २३ गते १२:५२ मा प्रकाशित

वोस्टन ६ जून २०१८ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आगामी दुई वर्षे कार्यकाल (२०१८/२०२०) का लागि वर्तमान महासचिव गोवर्धन पूजाले अध्यक्ष पदमा आफ्नो उम्मेद्धवारी घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संस्थागत विकास तथा नेपाली भास तथा साहित्यको हरेक क्षेत्रमा नेपाल देखी प्रवास सम्म विभिन्न जिम्मेवारी पूरा गर्दै आएका पूजाले अनेसासको केन्द्रीय परिषदमा दुई पटक महासचिवको भूमिकामा आफ्नो कार्य कुशलता प्रदशन गरी सकेका छन् ।

सन १९९० मा स्थापना भएको अनेसास आज आएर विश्वका ५० भन्दा बढी मुलुकहरूमा अनेसासको सिङ्गो झन्डा मुनि आबद्ध भएर करिब एक हजार पाँच सय भन्दा बढी आजीवन सदस्यहरू क्रियाशील रहेका छन् ।

अनेसासको संस्थागन विकास, नेपाली भाषा तथा साहित्यलाई अन्तर्राष्ट्रिय समुदायहरू बिच चिनाउन विभिन्न मूलुुकहरुका स्थानीय भाषाहरूमा नेपाली भाषा तथा साहित्यका विविध समागी्रहरु प्रकाशन गरी नेपाली भाषा तथा साहित्य अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउनु नै यस संस्थाको मर्म र भावना बमोजिम काम गर्ने प्रतिबद्धता सहित आफ्नो उम्मेद्धवारी दिएको बताउने गोर्वधन पूजाको प्रतिबद्धता यस प्रकार रहेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आगामी निर्वाचन {२०१८- २०२० } का लागि अध्यक्षमा मेरो उमेद्वारी – गोवर्धन पूजा
१. सन् २००५ सालमा नेपालमै रहँदा मैले साहित्यकार वियोगी बुढाथोकीको अध्यक्षमा गठित अनेसास नेपाल च्याप्टरको सहसचिव पदमा बसेर करिब ४ वर्ष कार्य गर्ने अवसर पाएको थिएँ | उक्त समयदेखि अनेसास शव्द्प्रतिको आस्था र संस्थाप्रतिको झुकाव रहन पुग्यो |

२. सन् २००९ मा अमेरिकाको न्युयोर्कमा आयोजना भएको अनेसासको “प्रथम अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन”मा सहभागी हुन अमेरिका आएपछि औपचारिक रुममा मैले अनेसासको आजीवन सदस्यता लिएको हुँ | र यसैप्रति प्रतिबद्ध रहँदै सन् २०१६ मा बोर्डअफट्रष्टीको पनि आजीवन सदस्यता लिएको हुँ |

३. सन् २०१४ – २०१६ मा प्रथम कार्यकाल र सन् २०१६- २०१८ मा महासचिवको दोस्रो कार्यकालको उत्तरार्धमा आईपुग्दा अनेसास बारे धेरै कुरा थाहा पाउने अवसर मिल्यो | हुर्किँदै गरेको यो वृक्षलाई मौलाउन दिन र यसको शीतल छहारीमा नेपाली भाषा र साहित्यको विकाश, बिस्तार र संरक्षण गर्न कटिबद्ध रहने अठोटका साथ आज सगर्व मैले यो पवित्र संस्थाको नेतृत्व गर्ने सङ्कल्प गरेको छु |

४. मेरो ३० वर्ष लामो लेखन यात्रामा कमाएका आदरणीय अग्रज, अनुज र समकालीन साहित्यकार ,साहित्यप्रेमी र नेपाली भाषालाई माया गर्ने व्यक्तित्व मेरा सम्पत्ति हुन् | यिनै सम्पत्तिलाई साक्षी राखेर अनेसासको आगामी नेतृत्व लिने अठोट गरेको हुँ |

५. संस्था स्थापनाको उद्देश्य र यसको कार्य अनुरूप मन , वचन र कर्मले निस्स्वार्थ सेवामा समर्पित हुने अठोटका साथ संस्थाको २०१८-२०२० अवधिका लागि अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारीको घोषणा गर्दछु |

र अन्त्यमा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज भनेको अन्तर्राष्ट्रिय संस्थाको रूपमै विकसित हुनुपर्छ तब मात्रै यो संस्थाको उद्देश्य पूरा हुन्छ भन्ने कामनाका साथ यसको जन्मको मर्मलाई प्रेम गर्न सम्पूर्ण आजीवन सदस्यज्यू , बोर्डअफट्रष्टी परिवार र साहित्य प्रेमी महानुभावहरूमा हार्दिक अपिल गर्दछु |

को हुन् गोबर्धन पूजा ?
वास्तविक नाम: राजेन्द्र श्रेष्ठ
जन्म स्थान: चैनपुर, चितवन, नारायणी अञ्चल
जन्म मिति: जनैपूर्णिमा , २०२७
अध्ययन : एम ए भूगोल र नेपाली

प्रकाशित कृति:
१. असहमतिका पाइलाहरू (कथा) २०५०
२. शून्यताको आँचलभित्र (उपन्यास) २०५३
३. धर्तीको धूलो (गज़ल) २०५४
४. अब इतिहास रुँदैन (धारावाहिक उपन्यास) २०५६
५. पीडा अवतार (कविता) २०५७
६. वाचल ओठहरू (कविता)२०५९
७. प्रेम अवतार (कविता) २०६३
८. बिक्रीमा यो जिन्दगी (गज़ल) २०६८
९. अनामनगरकी अम्बिका (कविता ) २०७२

पुरस्कार/सम्मान:
१. नव कविता पुरस्कार- २०५५
२. युवा कविता महोत्सव, धरान -२०५५
३. भानुभक्त लेखन पुरस्कार-२०५५
४. लालीगुराँस युवा सम्मान-२०५५
५. राष्ट्रिय कविता महोत्सव,प्रज्ञा-२०५७
६. शुभजन्मोत्सव कविता महोत्सव-२०५७
७. नारायणी वांगमय पुरस्कार-२०५७
८. युवावर्ष प्रतिभा पुरस्कार -२०५९
९. भानुमोती पुरस्कार-२०५७
१०. हरिभक्त कटुवाल युवासम्मान-२०५९
११. गज़लश्री सम्मान-२०६०
१२. दामोदर पुडासैनी प्रतिभा सम्मान- २०६३
१३. नयानेपाल राष्ट्रप्रेम सम्मान-२०६३
१४. लोकतन्त्र सांस्कृतिक सम्मान-२०६३
१५. जनमत-जनक सेवा सम्मान-२०६४
१६. राष्ट्रिय विकास सेवा सम्मान-२०६४
१७. युवावर्ष मोदी पुरस्कार -२०६५
१८. अनेसास गीता खत्री उत्कृष्ट गज़ल पुरस्कार- २०६८
१९. भानुभक्त शताबर्शिकी स्वर्ण पदक

सम्बद्ध संस्था :
१. आकाश साहित्यिक परिवार-(संस्थापक अध्यक्ष )-२०५०
२. गज़ल मञ्च-(संस्थापक अध्यक्ष )-२०५५
३. साहित्यिक पत्रकार सङ्घ –(सचिव) २०५८-२०६०
४. साहित्यिक सम्पादक समाज-(कार्यसमिति सदस्य) २०५८
५. सामाखुशी साहित्यिक समाज- (कार्यसमिति सदस्य) २०५९-६२
६. हिरा खड्का साहित्यिक प्रतिष्ठान- (महासचिव )-२०५९-२०६१
७. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,नेपाल च्याप्टर ( सह-सचिव २०६१-२०६४ )
८. चलचित्र पत्रकार सङ्घ- (उप-अध्यक्ष) २०६०
९. नेपाल भौगोलिक समाज-( सचिव)२०५६
१०. अन्तर राष्ट्रिय गज़लमंच- (संस्थापक अध्यक्ष)-२०६९
११. सिर्जना उत्सव, बोस्टन, – संयोजक -सन् २०१३
१२. उत्तर अमेरिका साहित्य प्रतिष्ठान -सदस्यसन् २०१३
१३. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बोस्टन च्याप्टर – सदस्य २०१४-
१४. अन्तर्राष्ट्रियनेपाली साहित्य समाज केन्द्रीय महासचिव (२०१४-२०१६) (२०१६-२०१८ )

सेवा/अनुभव :
१. जी आई एस एनालिस्ट- (त्रिवि कीर्तिपुर )-२०५६
२. भूगोल प्राध्यापन-ताहाचल क्याम्पस-२०५७-२०६२
३. वरिष्ठ उपसम्पादक, अन्नपूर्ण पोस्ट -२०५९ -२०६७
४. सहसम्पादक – हिन्दु, कालान्तर, -२०५५-२०५९
५. सम्पादक –आकाश,मधुरस, राष्ट्रशक्ति-२०५१ ,२०५६
६. नेपाली प्राध्यापन, मनकामना कलेज२०६३ -२०६६
७. नेपाली प्राध्यापन,नवोदित कलेज-२०६३-२०६५
८. नेपाली प्राध्यापन ,यल कलेज -२०६४ -२०६६
९. कार्यक्रम सञ्चालक, मैत्री एफएम -२०६३-२०६६
१०. कविगोष्ठी संयोजक- तेस्रो अनेसास सम्मेलन सन् २०१३
११. कविगोष्ठी संयोजक- अनेसास प्रथम महिला साहित्य सम्मेलन – सन् २०१४
१२. उप संयोजक- अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव – २०१३
१३. संयोजक- अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव – २०१४

हाल :
बोस्टन, अमेरिका
फोन.५०८-८४०-५८७४
इमेल-gpooja1970@gmail.com
स्काईप आइडी :gpooja2

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू