अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०८ | Colorodo: 08:23

गाउँपालिकाको सबै सामुदायिक विद्यालयमा माविमा कम्प्युटर शिक्षा

निर्मल खत्री, म्याग्दी २०७५ जेठ २३ गते १२:३७ मा प्रकाशित

म्याग्दी, १४जेठ. म्याग्दीको रघुगंगा गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयमा कम्प्युटर पढाई सुरु भएको छ । गाउँपालिकाले यो शैक्षिक सत्र देखी नै सबै माध्यामिक तहका विद्यालयमा कम्प्युटर ल्याब स्थापनासँगै कम्प्युटर शिक्षा सुरु गरेको हो ।

गाउँपालिकामा रहेका ९ वटा माध्यामिक तहका विद्यालयहरूमा गाउँपालिका केही विद्यालयमा शिक्षा विकास तथा समन्वयन इकाई म्याग्दीको लगानीमा कम्प्युटर ल्याब स्थापना गरिएको छ ।
सरकारी विद्यालयमा विद्यार्थी कम हुर्दै गइरहेको बेलामा गाउँपालिकाले सरकारी विद्यालयमा विद्यार्थी बढाउनुको साथै शिक्षाको गुणस्तर बनाउनको लागी ९ वटा विद्यालयमा गाउँपालिकाले यो आर्थिक वर्षमा नै ५/५ लाख लगानी गरेको छ ।

गाउँपालिकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरेको गाउँपालिका प्रमुख भव बहादुर भण्डारीका बताए । ‘हामीले यो वर्ष गाउँपालिकामा रहेका ९ वटा माविलाई ५ लाखको दरले लगानी गरी कम्प्युटर ल्याब स्थापना गरिसकेका छौँ’ उनले भने । ९ वटा विद्यालय मध्ये अहिले सम्म सात विद्यालयले ल्याब स्थापना गरी पढाई समेत सुरु भइसकेको छ । एउटै वडामा भएकाले दुई वटा मावि भएकाले गाउँपालिकाको ३ न वडामा समस्या भएको छ ।

ज्ञानोदय माबि र रघुगंगा माबिमा भने केही महिनामा नै पढाई सुरु गर्ने उनको भनाई छ । यी दुई विद्यालयले बाहेक मुक्तिधाम माबि भगवती, अमर माबि पाखापानी, महेन्द्र माबि झिँ, जनता माबि दग्नाम, महादेव माबि वेग, रितुङ माबि कुईनेमंगले, महेन्द्र माबि चिमखोलामा भने ल्याब स्थापना गरी पढाई समेत सुरु गरिएको छ । आगामी आर्थिक वर्षमा निमावि तह सम्मका विद्यालयमा पनि कम्प्युटर ल्याब स्थापना गर्ने प्रमुख भण्डारीले बताए । ‘कम्प्युटर ल्याब स्थापना भएपछि विद्यार्थीले पढाइमा ध्यान दिएका छन्’ अमर माविका प्रअ यु बहादुर गर्बुजाले भने । कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी पढाई हुने विद्यालयमा कम्प्युटर शिक्षाले ठुलो भूमिका खेलेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू