अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१७ | Colorodo: 12:32

पत्रकार र संगीतकर्मी पुरस्कृत

रबिन पिया, अस्टिन २०७५ जेठ २३ गते १०:०० मा प्रकाशित

प्रत्येक वर्ष प्रदान गरिँदै आएको पत्रकारिता र सङ्गीत पुरस्कार यस वर्ष २०१८ को पुरस्कार पनि हेम सरिता फाउण्डेसनले सम्मानित हुने पत्रकार तथा कलाकर्मीको नाम सार्वजनिक गरिएको छ ।
“टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कार”बाट नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई अमेरिकी डलर दुई हजार राशिले पुरस्कृत गरिने भएको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वमहासचिव तथा कञ्चनजंघा एफएम झापाका पत्रकार चन्द्र भण्डारीलाई “टंकप्रसाद रमादेवी साधना पुरस्कार”बाट अमेरिकी डलर पाँच सय पुरस्कृत गरिने भएको छ ।

यसै गरी थाहाखबर डटकममा कार्यरत दाङकी देवीका घर्तीमगरलाई “टंकप्रसाद रमादेवी प्रोत्साहन पुरस्कार”बाट अमेरिकी डलर पाँच सय पुरस्कृत गरिने भएको छ । यस वर्षको “हेम सरिता सङ्गीत पुरस्कार” वरिष्ठ कलाकार जेवी टुहूरेलाई सम्मान एवं पुरस्कृत गरिने भएको छ ।

अमेरिकाको टेक्ससको राजधानी अस्टिनमा स्थाई बसोबास गर्दै आउनुभएका वरिष्ठ समाज सेवी तथा व्यवसायी  हेम पाठक र सरिता पाठकले स्थापना गरेका हेम सरिता फाउण्डेसनले अमेरिकामा पनि विभिन्न क्षेत्रमा समाज सेवा गर्दै आउनु भएको छ ।

उक्त संस्थाले काठमाडौँको उत्तरी क्षेत्रमा रहेको घुमारचोकस्थित उग्रतारा माध्यमिक विद्यालयको भवन निर्माण गरी आठ कक्षादेखि दश कक्षासम्म निजी खर्चमा सञ्चालनगर्दै आएको छ । साथै विपन्नहरूका लागि सोही ठाउँमा दशवटा आवास पुनर्निर्माण एवं जीविकोपार्जनका लागि कोष खडा गरी सामाजिक कार्य गर्दै आएको छ ।

प्रतिक्रिया