अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३१ | Colorodo: 02:46

लीलाध्वज साहित्य सम्मान’ ताना शर्मालाई

बिआरटीनेपाल २०७५ जेठ २३ गते ९:५७ मा प्रकाशित

लीलाध्वज थापा स्मृति प्रतिष्ठानले यस वर्षको ‘लीलाध्वज साहित्य सम्मान’ वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ ।

Taranath Sharma, Nepali Literary Icon (7).JPG

नेपाली भाषा तथा अंग्रेजी साहित्यको विकासमा योगदान पु¥याएबापत शर्मालाई उक्त सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिनुभयो ।

सो पुरस्कारको राशि रु २५ हजार र ताम्रपत्र छ भने आगामी असार १५ गते सो सम्मान प्रदान गरिनेछ ।

नेपाली साहित्यमा नियात्रामा राम्रो वर्णन गर्नुहुने शर्मा वरिष्ठ नियात्राकारका रुपमा स्थापित हुनुहुन्छ । उहाँ अंग्रेजी विषयका प्राध्यापकसमेत हुनुहुन्छ ।

विसं १९७८ मा जन्मनुभएका लीलाध्वज थापाले विसं २०१४ मा मन उपन्यासबाट मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।

उहाँका ‘शान्ति, पूर्व स्मृति, अमर माया नाटक, ‘दारी’ निबन्ध चर्चित छन् । विसं २०४१ मा थापाको निधन भएपछि उहाँको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले साहित्यिक गतिविधि तथा स्रष्टालाई सम्मान गर्दै आएको छ ।

सोही सम्मानबाट गत वर्ष वाङ्मय शताब्दी पुरस्कार सत्यमोहन जोशी सम्मानित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू