अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

राष्ट्रियसभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे

बिआरटीनेपाल २०७५ जेठ २३ गते ९:५३ मा प्रकाशित

राष्ट्रियसभामा नेपाली काँग्रेस संसदीय दलको नेतामा सुरेन्द्रराज पाण्डे मनोनयन हुनुभएको छ । 

काँग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले आज सांसद पाण्डेलाई राष्ट्रियसभाका लागि संसदीय दलको नेतामा मनोनयन गर्नुभएको हो ।

पार्टी संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा १२ को उपधारा (१) बमोजिम उहाँलाई मनोनयन गरिएको काँगे्रसका मुख्य सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू