अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२२ | Colorodo: 09:37

नेप्से १४ अंकले बढ्यो

बिआरटीनेपाल २०७५ जेठ २३ गते ९:४९ मा प्रकाशित

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आज १३.९१ अंकले वृद्धि भएको छ । 

आन्तरिक राजश्व विभागले बोनस र हकप्रद शेयरको आधार मूल्यमा पूँजीगत लाभ कर लगाउन निर्देशन दिएपछि हिजोदेखि शेयर लगानीकर्ताले कारोबार बहिष्कार गरेका थिए ।

सरकारले कर फिर्ता लिएपछि आन्दोलनमा उत्रिएका लगानीकर्ताले आज १ः०० बजेपछि कारोबार थालेका थिए । ढिला शुरु भएको बजार कारोबार शुरु भएदेखि नै बढ्न थालेको थियो ।

सूचकमा केही सुधार देखिए पनि कारोबार रकम भने रु २३ करोड ८९ लाख मात्रै भएको नेप्सेले जनाएको छ । आज अन्य उपसूचकबाहेकका सूचक तथा उपसूचक उकालो लागेको थियो ।

आइतबारबाट आन्दोलनमा उत्रिएका लगानीकर्ता मन्त्रालयले कर फिर्ता लिएसँगै लगानीकर्ताले पनि आफ्नो आन्दोलन स्थगित गरेका छन् ।

प्रतिक्रिया