अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०९ | Colorodo: 09:24

आगामी एक वर्षभित्रमा भूकम्पबाट क्षतिग्रष्त निजी घरहरु पुननिर्माण गरिसक्ने

बिआरटीनेपाल २०७५ जेठ २३ गते ९:३० मा प्रकाशित

अर्थमन्त्री युवराज खतिवडाले आगामी एक वर्षभित्रमा भूकम्पबाट क्षतिग्रष्त निजी घरहरु पुननिर्माण गरिसक्ने बताउनु भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको निजी आवास पुनःनिर्माण समस्या र समाधान विषयक  काठमाडौं जिल्ला स्तरीय अन्तरक्रियामा अर्थमन्त्री  खतिवडाले सो कुरा बताउनु भएको हो ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले भूकम्प गएको तीन वर्षमा २५ प्रतिशत निजी घरहरु मात्रै बनेकाले अवको एक वर्षमा निजी घर निर्माण गरिसक्नु चुनौतीपूर्ण काम भए पनि सम्पन्न गर्नै पर्ने बाध्यता रहेको बताउनु भयो ।

पुनःनिर्माणलाई प्राथमिकता दिएकै कारण १ सय ५१ अर्व पुनःनिर्माणमा बजेट छुट्याएको बताउँदै प्राधिकरणले खर्च गर्न सक्दैन भन्ने आरोपलाई गलत सावित गर्न द्रुत गतिमा काम गरेर यो रकम खर्च गर्न अर्थमन्त्री खतिवडाले आग्रह गर्नुभयो ।

काठमाडौंमा निजी घर पुनःनिर्माणमा मुख्य समस्याका रुपमा सानो क्षेत्रफलको जग्गामा बनेका घरको नक्सा पास नहुनु, भत्किएका घरहरुको मोही र तलसिङ नछुट्टिएका कारण जग्गाधनी प्रमाणपत्र नहुनु, सरकारले घोषणा गरे बमोजिम बैंकहरुले ऋण दिन नमान्नु मुख्य रहेको कार्यक्रममा जानकारी दिइयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू