अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३१ | Colorodo: 19:46

तिनदेखि अवरुद्ध शेयर बजार पुनः सुचारु

बिआरटीनेपाल २०७५ जेठ २३ गते ९:१९ मा प्रकाशित

 

वोनस र राइट शेयरमा लाभकर गणनाको विषयलाइ लिएर सरकार र लगानीकर्तावीच विवाद हुँदा विगत तिनदेखि अवरुद्ध शेयर बजार पुनः सुचारु भएको छ ।

अर्को व्यवस्था नभएसम्म लाभकर गणनामा पुरानै व्यवस्था अनुसार कारोवार गराउन भनी अर्थमन्त्रालयले आन्तरिक राजश्व विभागलाइ निर्देशन दिएपछि कारोवार सुचारु भएको हो ।

हाललाइ कारोवार सुचारु भएपनि सरकारले गठन गरेको कार्यदल र सरोकारवालाका प्रतिनिधिहरुवीच छलफल भएपछि मात्र त्यसलाइ अन्तिम टुँगो लगाइने अर्थमन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले जानकारी दिनु भएको छ ।

यस अघि आजै अर्थमन्त्रालयका राजश्व सचिवको संयोजकत्वमा लगानीकर्ता र सरकारले गठन गरेको कार्यदलवीच वार्ता भइ आन्तरिक राजश्व विभागको अघिल्लो परिपत्र फिर्ता गराउने र कारोवार सुचारु गर्ने सहमति भएको थियो ।

कारोवार पनि सुचारु राख्ने र सरकारी वार्ता टोलीसँग वसेर समस्याको समाधान गरिने इन्भेष्टर फोरमका अध्यक्ष अम्विका पौडलले जानकारी दिनु भयो ।

यस अघि आन्तरिक राजश्व विभागले वोनस र हकप्रद शेयरमा लाभकर गणना गर्दा त्यसको अंकित मुल्यमा गर्न भनी स्टक एक्स्चेन्ज, धितोपत्र बोर्ड र सिडिएसलाइ निर्देशन दिएको थियो ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू