अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

गीतकार भुपेन्द्र न्यौपानेको “अरू सँगको ‘ म्युजिक भिडियो सार्वजनिक

विजय थापा २०७५ जेठ २२ गते २१:२३ मा प्रकाशित

लेखन विधामा निरन्तर कलम चलाई रहेका युवा गीतकार भुपेन्द्र न्यौपानेको “अरू सँग “को म्युजिक भिडियो ( सङ्गीत श्रब्य दृश्य ) सार्वजनिक भएको छ । 

छायाङ्कन सुरु भएको १० दिन भित्र उक्त गीतको भिडियो समापन गरी सार्वजनिक गरिएको छ । सङ्गीतकार सन्तोष श्रेष्ठ ,गायक विश्व नेपाली रहेका छन् भने गीतकार भुपेन्द्र न्यौपाने हुन् । भिडियोमा अभिनय गर्ने कलाकारहरूमा निरज बराल ,सुमा सिलवाल ,नवीन अधिकारी रहेका छन् । भिडियोको छायाङ्कन टेक्सस राज्यको ड्यालस सहरमा गरिएको छ । 

न्यौपाने अमेरिकामा बसेता पनि आफ्नो विधालाई निरन्तरता दिँदै अमेरिकामा विभिन्न सङ्घ संस्थामा आबद्ध रहेका छन् भने अमेरिकाका समुदायमा आयोजना गर्ने विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यमा संयोजन गरेर कार्यक्रम गर्दै आएका छन् । यस गीत सँगै छिट्टै चलचित्र र गीति सङ्ग्रहमा पनि आउने भएका छन् ।

८८४८ सञ्चार गृहले निर्माण गरेको हो भने पाईनापल क्रिएसनले पोस्ट निर्माण गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू