अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३७ | Colorodo: 04:52

सरकारी असफलताको नमुना, फेरि विद्यार्थी भर्ना अभियान !

बिआरटीनेपाल २०७५ जेठ २२ गते २१:०९ मा प्रकाशित

काठमाडौं । पहिलो चरणको भर्ना अभियानमा उल्लेख्य सफलता हासिल गर्न नसकेको सरकारले दोस्रो चरणको भर्ना अभियान शुरू गरेको छ। सरकारले दोस्रो चरणको कार्यक्रम भने सघन हुने दाबी गरेको छ।

भर्ना अभियानअन्तर्गत प्रत्येक घरमा घरधुरी सर्वेक्षण गरी पहिलो चरणको भर्ना अभियानमा छुटेका बालबालिकालाई अनिवार्यरूपमा विद्यालय ल्याउने कार्यक्रम गर्ने जनाएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दोस्रो चरणको भर्ना अभियान शुरू गर्ने घोषणा गरेसँगै यो अभयानले पुनः चर्चा पाएको खबर अाजकाे नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले अब स्थानीय तहको नेतृत्वमा भर्ना अभियान शुरू हुने जानकारी दिनुभयो। अब बालबालिका भर्ना हुनासाथ संख्या घोषणा गर्दै जाने सरकारले योजना बनाएको छ। त्यसका लागि क्षेत्रीय शिक्षा निर्देशनालय र शिक्षा विकास एकाइलाई समेत परिचालन गर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू